आन्दोलन घोषणा लगत्तै राष्ट्रपतिले शितल निवाश बोलाए प्रचण्डलाई
आन्दोलनको घोषणा गरेलगत्तै राष्ट्रपति डा. रामवरण यादव र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
कांग्रेस–एमाले सहमतिको बाटोमा ल्याउन आन्दोलनको घोषणा गरपछि राष्ट्रपति डा. यादवले प्रचण्डलाई भेटको लागि बोलाएका थिए । राष्ट्रपतिले बोलाएपछि संवैधानिक राजीतिक संवाद तथा सहमति सहमति समितिले बोलाएको सर्वदलीय बैठक छोडेर प्रचण्ड राष्ट्रपति भवन लागेको थिए ।
भेटपछि एमाओवादीका स्वकीय सचिव चुडामणि खड्काले राष्ट्रपति र प्रचण्डबीच संविधान निर्माणमा जारी विवाद, अबरुद्ध संसद सुचारु गर्ने र सहसामहिक विषयमा छलफल भएको जानकारी दिए । खडकाले भने,‘राष्ट्रपतिले संविधान निर्माणका विवादित विषयमा सहमति कायम गरेर अगाडि बढ्न सुझाव दिनुभएको छ ।’
स्रोतका अनुसार प्रचण्डलाई आन्दोनको बाटोबाट भन्दा पनि सहमतिय बाटोबाट अगाडि बढ्न आग्रह गरेका छन् । जवाफमा प्रचण्डले विगतदेखि हालसम्म भएको सहमति र सम्झौता अनुसार प्रक्रियाबाट अगाडि बढ्न नमिल्ने भएकाले सहमति नै एक मात्र विकल्प भएको बताएको स्रोतको दावी छ ।
nepaliheadlines.com

