दिनमा २ पटक रक्सी पिउनु हुन्छ भने सावधान !
काठमाडौं : यदि तपाइँ रक्सी पिउने बानी छ र दिनमा २ भन्दा धेरै पटक रक्सी पिउनु हुन्छ भने यो खबर तपाइँका लागी नराम्रो हुन सक्दछ । हालै गरिएको एक अनुसन्धान अनुसार दिनमा धेरै रक्सी पिउनाले मानिस बिरामी हुने सम्भावना धेरै हुने गर्दछ ।
धेरै रक्सी पिउनाले तपाइँलाइ हाई ब्लड प्रेशर समेत डाइबेटीज जस्ता गम्भीर रोगहरूले समात्न सक्दछ । अध्ययन अनुसार लामो समय सम्म लगातार रक्सी पिउनाले तपाइलाइ गम्भिर रोगहरूको खतरनाक प्रभावको सामना गर्नु पर्ने हुन सक्दछ ।
अध्ययनमा यो पनि भनिएको छ कि यदि तपाइँको उमेर ५० देखि ६० बर्षको बिचको छ भने त यो तपाइँका लागी अझै हानिकारक साबित हुन सक्दछ । चेक रिपब्लिक का पावला काडलेकोवाका अनुसार यदि तपाइँ यी रोगहरूबाट बच्न चाहनुहुन्छ भने दिनमा दुइ पटक भन्दा धेरै रक्सी पिउन तुरून्तै बन्द गर्नुस।
अनुसन्धानकर्ताहरूले अनुसन्धानका लागी स्वीडेनका ११ हजार ६४४ जना मानिसहरूलाइ सहभागी गरि रिसर्च गरेका थिए । यस क्रममा अनुसन्धानकर्ताहरूले यस्ता मानिसहरू जो दिनमा दुइ भन्दा धेरै पटक रक्सी पिउँदछन र यस्ता मानिसहरू जो दिनमा दुइ भन्दा कम पटक रक्सी पिउँदछन, उनीहरूका बिचमा तुलना गरेका थिए, उनीहरूले के पाए भने दुइ भन्दा धेरै पटक रक्सी पिउने हरू बिरामी हुने संभावनाहरू धेरै रहेको थियो ।
