आफ्नो माग पुरा नभए देशमा रगतको खोला बग्ने.. नेपालको हालत... यस्तो...
औंला दिँदा हातै निले
यो एक पीडित व्यक्तिको क्रन्दन हो । पर्वत जिल्लाको सदरमुकाम कुश्मा नगरपालिका–८ बस्ने कृष्णबहादुर भण्डारी यतिबेला बैंकबाट ऋण लिँदा विश्वास गरेको मान्छेले कमिशन खाइदिएपछि पीडित बनेका छन् ।
विश्व विकास बैंक कुश्मा शाखाबाट घर बनाउन भनी ऋण लिँदा उनी साढे दुई लाख रुपैयाँ ठगिएका हुन् । सदरमुकाम बजार बस्ने व्यक्ति गाउँघरमा बस्नेभन्दा टाठाबाठा मानिने भएपनि भण्डारी भने ठगिन पुगेका छन् ।
बजारबासी भएपनि कम पढेलेखेका र सोझा प्रवृत्तिका भण्डारीले आपूm ठगिएको थाहै पाएनन् । धेरैपछि मात्र चाल पाए । जिल्ला अस्पतालमा कार्यालय सहयोगीको काम गर्ने उनी ठगिएको थाहा पाएपछि अहिले न्यायको खोजीमा छन् ।
उनको कमाई कहिले फिर्ता हुन्छ या हुँदैन भन्ने कुरा भने सबैलाई चासो बनेको छ । पीडित भण्डारीले आफ्नो कथाव्यथा यसरी भन्छन्–‘ मैले जीवनमा सधैं दुःख गर्दै आएको छु । हो म बजारवासी हो । बजारवासी भएपनि मैले धेरै पढाइलेखाइ पुरा गर्न सकिन ।
जीवन धान्न करीब २० वर्ष पहिलेदेखि जिल्ला अस्पतालमा कार्यालय सहयोगी रहि काम गर्दै आएको छु । मैले सारा जीवन खरको छानो भएको सानो झुपडीमै दिन बिताउँदै आएको हो । जीन्दगीमा गतिलो बास बनाउने धोको सबैको हुन्छ ।
मेरा दुई भाई छोरा विदेश छन् । उनीहरुले पठाएको रकम, मैले जोडेको केही रकम र बैंकबाट ऋण निकालेर भएपनि एउटा राम्रो पक्की घर बनाउने मेरो धोको थियो । मेरी जहानको पनि यही चाहना हो । त्यसैले मैले घर बनाउन भनी कृषि विकास बैंकबाट ३१ लाख ऋण निकाले तर पुगेन् । बैंकले त्यो भन्दा बढी दिएन । पैसा नपुगेपछि काम ठप्प होला ।
जस्तो भयो काम रोक्न पनि मन लागेन् । त्यसैले मलाई केही बढी रकम चाहिएको थियो । यो कुरा मैले आफ्नो ठान्दै आएका मिनप्रसाद श्रेष्ठलाई भने । उनले मलाई नारायणप्रसाद पौडेललाई देखाइदिए ।
उनकै सल्लाहमा मैले पौडेललाई भेटेको थिए तर पौडेलले मलाई ईन्जिनियरलाई एक लाख, म्यानेजरलाई एक लाख, भान्जा जो त्यही बैंकमा काम गर्दा रहेछन् उनलाई ५० हजार दिनुपर्छ भने । उनको कुरा सुनेपछि मैले पौडेललाई भो यत्रो कमिशन दिएर ऋण लिई घर बनाइदिन भने तर उनले जुन बैंकमा पनि कमिशन दिनुपर्ने बताउँदै एक महिनादेखि तिम्रैलाई काम गरे ।
मैले सबै घरधन्दा छाडेर तिम्रो काम गरे । मैले सबै काम तिम्रै हितमा गरेको हो । मैले खानलाई त हैन । भनि मेरो मन आफुतिर तान्न सफल भए । उनको कुरामा मैले विश्वास गरे तर बीचमा उनले साढे दुुई लाख लिएका रहेछन् । गत असारमा मैले ऋण लिन खोजेको थिए भने साउनमा मात्र ऋण लिएको थिए ।
पौडेलले शुभलक्ष्मी सहकारी वचत तथा ऋण संस्थाबाट दुई दिनका लागि ३१ लाख रुपैयाँ ऋण लिन सघाएका थिए । सो को व्याज मैले तिरेको हो । मैले विश्व विकासबाट ऋण लिएपछि नै पौडेलले मलाई पिच्छा गरेर साढे दुई लाख रुपैया नलिई छोडेनन् । मैले दिए तर पौडेलले साढे दुई लाख लिएका होलान् भन्ने मैले सोचेको थिइन् ।
मैले पौडेललाई सहयोग गरेवापत दुःख देखौंला पनि भनेकै हो तर उनले औला दिँदा हातै निले । मेरो सोझोपनको फाइदा उठाए । कार्तिकमा थप ऋण लिन बैंक जादा म्यानेजर केशव आचार्यले मलाई यत्रो रकम लिएर के गर्नुभयो ? भनी प्रश्न गरेका थिए । मैले जवाफमा तपाईले विलो पाउनु भएन र ? भनी सोधे ।
मैले सोधेपछि उनी अलिकति रिसाए झैं गरी के कुरा गरेको हो ? बैकबाट रकम निकाल्दा पनि कहि पैसा खुवाउनुपर्छ र पर्दैन भने । यसपछि बल्ल मैले विश्वास गरेको मान्छे पौडेलले मबाट साढे दुई लाख खाएको रहस्य खुलेको हो ।
मैले पौडेलले रकम कमिशन लिएको थाहा पाएपछि उनलाई सम्पर्क गर्न खोज्दा कहिल्यै सम्पर्क भएनन् । अहिले उनको मोवाइल स्वीच अफ छ र सम्पर्कमा पनि छैनन् । मेरो रगत र पसीनाको कमाई फिर्ता गर्नुपर्छ पौडेलले । मैले न्याय पाउनुपर्छ ।’
