मध्यरातमा सुरक्षामा खटिएका सुरक्षा गार्ड लाई अपरिचित समूहले गोलि प्रहार
गए राति रौतहटको मध्य बजार मह्मदपुर गरुडामा रहेको श्री राम सुगर मिल्स का एक सुरक्षा गार्ड माथि गोलि प्रहार भएको छ ।
राति १२.३० बजे चिनी मिलको सुरक्षामा खटिएका निजी सुरक्षा कम्पनीका सुरक्षा गार्ड पुण्य प्रसाद पौडेल लाई अपरिचित समूहले गोलि प्रहार गरी भागेको प्रहरीले जनाएको छ । डिस्टीलरी प्लान्ट नजिकै ड्यूटिमा खटिएका पौडेल लाई चार पाँच जनाको समूहमा आएका व्यक्तीले गोली प्रहार गरेका थिए ।
शरीरको दाहिने तर्फ हात र छातिमा भरुवा बन्दुकको गोलीको छर्रा लागेके पौडेल लाई उपचारका लागी जिल्ला अस्पताल गौरमा ल्याइए पनि अत्याधिक रक्तश्राव भएका कारण प्राथमिक उपचार पछि थप उपचारका लागी नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज पठाइएको सशस्त्र प्रहरी उपरिक्ष विदुर खडकाले बताए ।
यस अघि पनि पटक पटक आन्तरिक विवाद का कारण सो चिनी मिलमा आगजनि तथा गोलि प्रहारका घटनाहरु भएको थियो । चिनी मिल सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोली समेत सोही परिसर क्षेत्र मा रहने गर्छ ।
