साउदी अरबका राजाको निधन, सलमान नयाँ राजा



काठमाण्डु,
माघ– साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुल्लाजिजको निधन भएको छ । अब्दुल्लाजिजका भाइ सलमानलाई नयाँ राजा घोषणा गरिएको छ ।


साउदी अरबका अधिकारीले शुक्रबार बिहान जारी गरेको विज्ञप्तीमा उनका भाइ सलमानलाई नयाँ राजा नियुक्त गरिएको जनाइको छ ।
साउदीको सरकारी सञ्चार माध्यमले राजपरिवारका सदस्य मृत्यु हुँदा देखाइने संकेत प्रसारण गरेका थिए ।
फोक्सोमा समस्या देखिएपछि ९० वर्षीय अब्दुल्लाह केही हप्तादेखि अस्पतालमा भर्ना भएका थिए । उनी सन् २००५ मा राजा बनेका हुन् ।
अब्दुल्लाहको मृत्युपछि उनका भाई ७० वर्षीय सलमान राजा भएका छन् भने अर्का भाई ६० वर्षीय मुकरिनलाई राजकुमार घोषणा गरिएको छ ।
तीनै जना आधुनिक साउदीका संस्थापक राजा अब्दुल्लाजिजका छोरा हुन् । अब्दुल्लाजिजको सन् १९५३ मा मृत्यु भएको थियो ।
राजा अब्दुल्लाहको निधन भएको प्रति अमेरिकी राष्ट्रपति बाराक ओबामासहित विश्वभरका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

,

news and entertainment