विश्वमा सबैभन्दा पारदर्शी सरकारको सूची सार्वजनिक



फडिन्द्र भट्टराई लण्डन, माघ १०




बेलायत पहिलो ,नेपाल ६१ औ नम्बरमा
यसै साता सार्वजनिक गरिएको संसारका सबैभन्दा पारदर्शी सरकारहरुको सूचिमा बेलायत पहिलो नम्बरमा परेको छ भने त्यो सूचीमा  नेपाललाई ६१ औ नम्बरमा राखिएको छ। ओपन डाटा रिसर्चलाई माध्यम बनाएर निकालिएको उक्त सूचीमा उपलब्ध तथ्यांकको अध्ययनको आधारमा  संसारका जम्मा ८६ वटा देशलाई सूचीकृत गरिएको छ । बेलायतका इन्टरनेट आविस्कारक सर टिम बर्नरली द्वारा संकलित तथ्यांकको आधारमा उपरोक्त सूची तयार गरिएको हो।


यो सूची अनुसार युके, अमेरिका स्विडेन र फ्रान्सलाई क्रमश पहिलो, दोश्रो, तेस्रो र चौथो दर्जामा राखिएको छ भने पाँचौ देखि पहिलो दश देशमा क्रमश न्युजिल्याण्ड, निदरल्याण्ड, नर्वे ,क्यानाडा डेनमार्क र अस्ट्रेलिया परेका छन्। त्यसैगरी इन्डिया ३९ औ, चाईना ४६ औ,तहमा छन् ६१ औ बनेको  नेपाल भन्दा पछाडी पाकिस्तान ६७ र बंगला देश ७३ नम्बरमा परेका छन । त्यस्तै माली र हाइटि पछाडी म्यान्मार सरकारी पारदर्शिताको अन्तिम मा सूचीकृत भएको छ ।

राज्यले कसरि पैसा खर्च गर्दछ भन्ने सुचनाको  तथ्यांक कत्तिको पहुचयोग्य छ भन्ने कुरालाई मुख्य आधार मान्दै यो सूची तयार गरेको बताईएको छ । यसका अलावा सरकारी मातहतका सार्वजनिक सेवाको संचालन तथा कार्य सम्पादन जस्ता कुरालाई पनि यो अध्ययनमा आधार बनाइएको छ ।  वर्ल्ड वाईड वेब फ़ाउण्डेशन, र ओपन डेटा ब्यारोमिटर लाई स्रोत देखाइएको यो सूची प्रकाशन २०१३ पछिको दोश्रो रहेको उल्लेख छ ।

नेपाल र युगान्डाको  सवालमा ती देशहरुले तथ्यांक हरु सार्वजनिक गर्नको लागि बैकल्पिक मोडेलहरु अन्वेषण गरेको जनाईएको छ । नेपालमा पनि ओपन नेपालजस्तो  स्वतन्त्र डेटा पोर्टल सृजना गरिएको  र यसबाट तथ्यांकको सुचना सहजीकरण हुन् सकेको  कुरा रिपोर्टमा समावेश गरिएको छ ।
" युके यो सूचीमा प्रथम हुन् सके पनि पूर्णतया पारदर्शी हुनको लागि अगाडी लामो बाटो तय गर्नु पर्ने छ " पहिलो हुन् सकेको युकेको सवालमा सर टिमले रिपोर्टमा भनेका छन्।

,

news and entertainment