सर्पसँग मित लगाएपनि म्वाइ खाने खतरा
मित्रराज खत्री
नेपाली सत्ताको शक्ति संर्घषको चरमरुप संविधान जारी गर्ने सहमति कि प्रकृया भन्ने विषय घम्साघम्सीमा पुगेको छ । शक्ति सुरक्षा गर्ने परम्परागत सत्ताधारी र शक्तिको वाँडफाड हुँनुपर्छ भन्ने विद्रोहीचेतको यो घम्साघम्स्कीले अर्को भिडन्त निम्त्याउदै पनि छ । पात्रका रुपमा कसैको कसैसंग आग्रह हुँन सक्ला तर सोचको सर्घष इतिहासमा कसरी हुँदै गए, सपनाका युद्ध कसरी भए भनेर यसलेखमा सम्क्षिप चर्चा गरिने छ ।
सर्पसंग मित लगाएर म्वाई खाई दियो भने विषै लाग्छ, रिसाएर डस्यो भने अझ विषै नलाग्ने कुरै भएन । इख नभएको मान्छे र विष नभएको सर्पको कुनै महत्व हुँदैन् । जव त्यो इखको टकराहट सामाजिक द्धन्द बन्छ त्यसलाई कार्लमाक्र्सले वर्ग टकराहट भने । शक्तिले पैदा गरेको अहंकार भने गोमन सर्पको विष झै नै हुन्छ । तर रुप, धन र शक्ति भनेको अत्यन्तै चंचल हुन्छ, त्यसलाई कसैले कहिल्यै कज्याउन सकेनन्, नियन्त्रण र वसमा राख्न सकेनन् । अहंकारी शक्ति पोटासियम साईनाईड जस्तै हो, जस्को पुरा स्वाद पनि थाहा पाउन सकिएको छैन् । त्यसैले कुजातसंगको संगतको होसियार हुँन पर्छ भनिएको हो । कुजात को हो ? सुजात को हो आफ्ना आर्दश, विश्वास, आस्था र मान्यतामा भर पर्छन ।
आफन्त र पराईको अर्थ पनि शक्ति र सम्पत्ति मानिने समाज भयो भने सामाजिक असमानता चुलिदै जान्ब्छ, भावना सकिन्छन् तव स्वार्थले वायुपंखी घोडामा चावुक हान्छ । उत्तराधिकारी भनेको स्वार्थका, पुख्र्यौली सम्पतीका, मान सम्मानका, बाउबाजेको गौरवताका त हुन सक्लान् तर पुर्खाको संवेदनाका हकवाला भए पनि त्यसै मर्मका उत्तराधिकारी भने कोही हुँनै सक्दैनन् । एकातर्फ समानतावादी मानव हुन्छ भने अर्कातर्फ ‘मै खाँउ मै लाँउ वा सुख सयल मै गरौँ’ भन्नेहरु । असमानता विरुद्ध समानताको, आस्थाको विरुद्ध तर्कको, रुढीवाद विरुद्ध प्रगतिशीलताको परंपरादेखी नै लडाई चल्दै आएको छ ।
सामाजिक समानताका सपना एकाध मान्छेले कुनै एउटा समयकाल खण्ड वा भूगोलमा मात्र देखेका हैनन् त्यस सपनाको मूल्य हरेकले आप्mना समय र भूगोलमा तिरे । । शासक राम्रो भए देश र समाज सुखी हुन्छ भन्ने मान्यता दार्शनिक प्लटोको (इसापूर्व ४२८देखी ३४७) थियो, तब राजालाई विद्धान बनाउन कोशिसमा उनी लागे । जबसम्म शासकका कुरा उनले सुने, राजा अहंकारमा धक्का परेन तवसम्म प्लेटोलाई राजगुरु बनाउन चुकेनन् । जव अंहकारमा प्लेटोवाणीले धक्का दिन पुग्यो तव राजाले उनलाई दाशमण्डीमा बेचिदियो । यदी उनका शिस्यले बेचिएका दार्शनिक प्लेटोलाई देख्दैनथे भने आजको युनानी दर्शनमा सम्बृद्धि नरोकिएता पनि प्लेटो भने देखा पर्दैनथे ।
सिकन्न्दर (२० जुलाई ३५६.... ११ जुन ३२३)विश्व विजय अभियानमा जानु पहिले सर्वाङ्ग रहने फकिर डायोजनिजको आशिरवाद लिन तलाउ नजिक पुगेर भने ‘ हे ....महान फकिर म विश्वविजयय यात्रामा जाँदैछु, फर्केपछि तिम्रो शिस्य बनौला तवसम्म भन..... तिमीलाई के दिँउ ? महल, धोडा, हात्ती, उँट, सुरा र सुन्दरी, के दिँउ .?’....
डायोजनिजले भनेछन ‘हे सिकन्दर तिमी राजा हौ कि रंक मलाई के वास्ता ! तिमी त्यतिकै शक्तिको प्यासले भौतारिरहेका छौ । जोसंग निन्द्रा, प्यास, भोक, वासनानै आफ्नै नियन्त्रणमा हुँदैन्, अझै आफ्नै काल कहिले हो थाहा छैन् चिहान कहाँ र कस्तो बनाउने थाहा छैन् हजारौं बन्दुकधारीको घेरामा बाँच्नु परिरहेको छ स्वयम् यस्ता गरिवले अरुलाई के दिन सक्छौ ? यस धरतिमा । ठिकै छ केही पर हट् ताकि घाम नछेक, छाँया आफैँसंग राख । जो आफनै छाँया अधेरोमा पनि आफैसंग राख्न सक्दैन् त्यसले अरुलाई के दिन सक्ला ! ’
रोममा असमानता विरुद्ध स्पार्टाकसको नेतृत्वमा इसापूर्व १०९देखी ७१.ठूलो दाश विद्रोह भयो, लिखत इतिहासको पहिलो न्यायकालागी मान्छेले गरेको विद्रोह भनेको स्पार्टाकसको संर्घषनै हो । त्यसलाई सुन्दरवाणी दिएका छन् अमेरिकन लेखक हावर्ट फास्टले ग्लाडियर स्पार्टाकसमा । मान्छे स्वभिमानकोलागी जे पनि गर्नसक्छ त्यस्तोवेला उसको शक्तिकोमापन कसैले गर्ने सक्दैन ।
तिब्बतमा मुनी वचन पो नामक राजा थिए । उनको शासनकाल इसाको ८४५ देखी ८५६मा रहेको थियो । आफ्नो राज्यमा सामाजिक असमानता ल्याउने आर्थिक कारण नै प्रमुख हो भनेर उनले तिन पटक सम्पूर्ण साधन, स्रोत र सम्पती राष्ट्रियकरण गर्दे समान वितरण पनि गरे । तर सत्तावर्गले पचाउन सक्ने भएन नै, अर्कालाई कजाउनेहरुले सहने कुरै पनि थिएन । उनकै आमाले पनि त्यसलाई सहिनन् र समानताको चौथो अभियानमा आफनै छोरालाई आमाले विष खुवाएर हत्या गरिदिईन् ।
मान्छेहरु शक्तिमा पुगेपछि अन्धो हुन्छ र विवेक गुमाँउछ भन्ने मान्यता राख्ने सूुफी सन्त निजामुद्दीन औलिया राजा महाराजा र धन्ना सेठलाई आप्mना कुटीमा कहिल्यै ढिम्कन पनि दिँदैनथे । प्लेटोबाट अतिप्रभावित सिटी अफ द सनका लेखक इटिालियन लेखक तोमासो कंपानेला (१५६८–१६३८) सामाजिक शान्ति र सदभावकालागी निजी संपतीको उन्मुलनमा विश्वास राख्दथे । महान दार्शनिक फ्रांसिस वेकनका समकमलीन कंपानेलाले उक्त पुस्तक २७ वर्ष जेलमै बसेर रचना गरे ।
कंपानेला जस्तै इतालियन विद्धान एण्टोनियो ग्राम्स्कीले पनि आफनो २८४८ पृष्टको द प्रिजन पुस्तक जेलमै बस्दा लेखे । उनले समाजवादी क्रान्तिपछाडि पनि किन आर्थिक वर्गको असमनता हुन्छ, पार्टीभित्रै कसरी अभिजात वर्ग जन्मन्छन् भन्ने गहन अध्ययन गरे । सोभियत रुसमा गृहयुद्ध मात्रै देखेका थिएनन्, पराजीतवर्ग कस्तो आक्रमक हुन्छ र त्यसले सूचना वौद्धिक सकृयता, सास्कृतिक आवेग छर्दै पार्टी र समाजमा कसरी नयाँ अभिजात बर्ग पनि जन्माउदै गएको हुन्छ र स्वयं क्रान्तिको अपहरण पनि क्रमशः गरिहेको हुन्छ भन्ने देखिरहेका थिए । त्यसकोलागी उनले सास्कृतिक अधिनायकवाद चिन्हित गरेका थिए । लाल सामन्तको उदय पनि देखेका ग्राम्स्कीले पार्टीको व्यानर मुनी नै न्यूमेन क्लातुराको –(पार्टीको आडमा उदय भईरहेको सुविधाभोगी वर्ग) विगविगी देखेका थिए । जव सम्पन्न क्रान्तिको अपहरण लालडाकाहरुले गरेका थिए त्यसकोलागी क्रान्तिकारीहरुले स्वय क्रान्तिपुत्र जैविक बुद्धिजिवी जन्माएर समाजवादी मनोदशा तयार गर्नु पर्छ, समानतावादी विवेकले मात्र सास्कृतिक अधिपत्यको चुनौती दिन सक्छ भन्ने मान्यता राख्थे ।
अहिले हामी सविंधानसभाको हल शक्तिको टकराहटमा देख्दैछौ, शक्ति अहंकारमा र भिडन्तमा छ, सार्वजनिक बुद्धिजिवीको त्यतिकै अभाव छ, आग्रह जिम्वेवारीमा हैकम मचाउँदैछ । यस्तोबेला इतिहासमा भएका समानताका संर्घषले सवैलाई आफ्ना भूमिका निर्धारण गर्न शिक्षा दिन्छ,सवैलाई चेत भया ।
