सत्ताको अगाडि आत्मसमर्पण गर्दैनौँ : बाबुराम भट्टराई
ओएस नेपाल, काठमाडौँ, ९ माघ । एकीकृत माओवादीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ताको अगाडि आत्मसमर्पण नगर्ने बताएका छन् ।
सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा एमाले संघर्ष रहुन्जेल वार्ता गर्दिन भन्नु अर्कोपक्षलाई आत्मसमर्पण गर भन्नु समान भएको भन्दै्र सत्ता पक्षसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सत्ता पक्षसँग आत्मसमर्पण नगर्ने भन्दै बाबुराम लेख्छन् ‘संघर्ष चलुन्जेल प्रतिपक्षीसंग वार्तारसंझौतै गर्दिनँ भन्नु अर्कोपक्षलाई पूरै आत्मसमर्पण गर भन्नु हो।वार्ता भनेकै संघर्षरत पक्षवीच हुने हो।’
