मिति: २०७१ माघ ९ शुक्रबार, हेर्नुहोस तपाईको आज कस्तो छ ?


मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयआर्जनका स्रोत फेला पर्नेछन्। अध्ययनमा आंशिक सुधार हुनेछ। बोलीको प्रभाव बढ्नेछ। मांगलिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
हर्ष बढ्नेछ। दैनिक कार्यमा उत्साह थपिनेछ। गुरुजनको सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
राज्यबाट कार्यमा अवरोध हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। भाग्योदयको योग छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रेमीप्रेमिकाबीच घनिष्टता बढ्नेछ। आयआर्जनमा सुधार आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशिक यात्रामा अवरोध देखा पर्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लेखन तथा सम्पादनमा संलग्न हुने अवसर मिल्ला। राज्यबाट मान पदवी मिल्ने देखिन्छ। पदप्रतिष्ठा वृद्धि हुनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कृषिकार्यमा उन्नति हुनेछ। दैनिक कार्यबाट अपेक्षित लाभ हुनेछ। मातापिताको सहयोग मिल्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक सौन्दर्य वृद्धि हुनेछ। सामाजिक कार्यमा सुधार आउनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। रोगबाधक क्षमतामा वृद्धि हुनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मानसिक चिन्ता बढ्नेछ। मुद्दामामिलाको सामना हुनेछ। खर्च वृद्धि हुनेछ। काममा स्थायित्व आउनेछ। शारीरिक पीडा बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
व्यवसायबाट धनार्जन हुनेछ। राजनीतिक कार्यमा असफलता मिल्नेछ। पेटमा समस्या देखिन सक्छ। कीर्ति बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दाजुभाइको सहयोग मिल्नेछ। धर्मकर्ममा खर्च बढ्नेछ। सभासम्मेलनमा सहभागी हुनुपर्नेछ। विद्यामा सफलता मिल्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
ऐश्‍वर्य प्राप्ति हुनेछ। आय आर्जनका स्रोतहरू फेला पर्नेछन्। समाजमा बोलीको कदर हुनेछ। मांगलिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
दाम्पत्य जीवन सुखमय बन्नेछ। कार्यमा उत्साह, विश्वास बढ्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ। दिनको सायंकालीन समय सुखद रहनेछ।

,

news and entertainment