प्रतिगामी संविधान ल्याउन नदिनु हाम्रो जित : प्रचण्ड
अन्नपूर्ण |
काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट कांग्रेस र एमालेलाई प्रतिगामी संविधान बनाउन नदिन आफूहरु सफल भएको बताएका छन् ।
बिहीबार राति बसेको संविधानसभाको बैठकमा अवरोध गरेर फर्कने क्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताका अधिकार रक्षाका लागि भएको सम्झौताबाट पछि हटेर संविधान ल्याउने कांग्रेस–एमालेको प्रयास असफल पारिएको दाबी गरे ।
कांग्रेस–एमालेको बहुमतको दम्भ र अहंकारले सहमतीय संविधान आउन नसकेको बताउँदै प्रचण्डले राजनीतिक दलहरु प्रतिवद्धताबाट पछि नहटे अझै पनि सहमतीय संविधान आउन सक्ने बताए ।
जनतासँग एक वर्षमा संविधान दिने गरी गरेको बाचा पूरा गर्न नसकेकोमा माफी माग्दै अध्यक्ष प्रचण्डले त्यसको प्रमुख दोषी सत्तारुढ दल नै रहेको आरोप लगाए ।
