चेम्बरले भन्यो -संविधान जारी हुन नसक्नु दुु:खद
९ माघ काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले माघ ८ मा संविधान जारी हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।
संविधान सभाको दोस्रो निर्वाचन पश्चात संविधान निर्माण भई मुलुकमा स्थायी शान्ति हुने अपेक्षाले राष्ट्रिय
राजनीतिक दलहरुको प्रतिवद्धताका वावजुद माघ ८ गते पनि संविधान जारी हुनु सकेन । चेम्वरले अविलम्व संविधान निर्माण गरी मुलुकको आर्थिक विकासको मार्ग प्रशस्त गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
‘संविधान निर्माण कार्यमा भएको ढिलाईले राजनैतिक संक्रमणकाल लम्विएको, विकास निर्माणका कार्यहरु अवरुद्ध भएको, रोजगारीहरुका अवसर न्युन भएकोे, सर्वसाधारण नागरिकको दैनिकी थप कष्टकर भएको तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा नकरात्मक सन्देश प्रवाह भई अन्तत समग्र आर्थिक क्षेत्र प्रभावित भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
