बलात्कृत बालिका अझै अचेत, बाबु भन्छन्,‘मेरी छोरीको ज्यान ईश्वरको हातमा छ,

डाक्टरहरुले नाजुक छ भनेका छन्  अब मेरी छोरीको ज्यान ईश्वरको हातमा छ,’ बारा सदरमुकाम कलैयामा गत साता बलात्कृत ६ वर्षीया बालिकाको स्वास्थ्यबारे बताउँदा  उनका बाबुको स्वर काँपिरहेको थियो । कलैयामा गत शुक्रबार साँझ बेपत्ता पारिएकी ती अबोध बालिका शनिवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।


रौतहट, । डाक्टरहरुले नाजुक छ भनेका छन्  अब मेरी छोरीको ज्यान ईश्वरको हातमा छ,’ बारा सदरमुकाम कलैयामा गत साता बलात्कृत ६ वर्षीया बालिकाको स्वास्थ्यबारे बताउँदा  उनका बाबुको स्वर काँपिरहेको थियो । कलैयामा गत शुक्रबार साँझ बेपत्ता पारिएकी ती अबोध बालिका शनिवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् । वीरगन्जको नारायणी अस्पतालले बलात्कार भएको पुष्टि गरेको थियो ।
उसैको सिफारिसमा बालिकालाई अचेत अवस्थामै हेलिकोप्टरमा राखेर मंगलबार राजधानीको कान्ति अस्पताल प¥याइएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार बालिकालाई कुनै पनि औषधि उपचारले असर गरेको छैन । उनलाई भेन्टिलेटरमार्फत कृत्रिम श्वासप्रश्वास दिइएको छ ।

news and entertainment