हिमानीलाई देख्नेबित्तिकै थाई जेलमा पारसको यो हालत


काठमाण्डु, ७ फागुन– पूर्वयुवराज्ञी हिमानी शाह लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा बैंककको जेलमा रहेका पति पूर्वयुवराज पारसलाई भेटेर नेपाल फर्केकी छन् ।
हिमानी सासु कोमलको जन्मदिन मनाउन बुधबार स्वदेश फर्केकी हुन् । पारसले आफू विदेशी भूमिमा जेल परेका बेलासमेत श्रीमतीसहित पारिवारिक सदस्यले वास्ता नगरेको गुनासो थाइल्याण्डमा रहेका नेपालीमार्फत पटकपटक नागार्जुन पठाएपछि ससुरा ज्ञानेन्द्रसँगको सल्लाहमा हिमानी गत २९ माघमा थाइल्याण्ड गएकी थिइन् ।
उनले मंगलबार पासरलाई थाइल्याण्डस्थित उदुङखानी जेलमा भेटेकी थिइन् । पारस भेट्न उनी स्वकीय सचिव स्मिता सिंह, धिरेन्द्र पुत्री सिताष्मा, पारसको मुद्दा हेरिरहेका थाई वकिल साक्छाई र पारसलाई थाइल्याण्डमा सहयोग गर्दै आएका केही नेपाली शुभचिन्तकका साथ जेलमा पुगेकी थिइन् ।
पारस र हिमानीबीच झण्डै एक घण्टाजति कुराकानी भएको थियो । थाइल्याण्डस्थित नेपाली दूतावासको भेट्न दिनु भन्ने व्यहोराको पत्र लिएर गएका कारण हिमानीलाई पारस भेट्न जेल प्रशासनले पर्याप्त समय उपलब्ध गराएको थियो ।
स्रोतका अनुसार हिमानीलाई देख्नेबित्तिकै भक्कानिएका थिए । पति भक्कानिएपछि हिमानी पनि भावुक भएका थिए । स्रोतका अनुसार पारसले आफूलाई जसरी भए पनि जेलबाट बाहिर निकाल्न हिमानीसँग अनुनयबिनय गरेका थिए ।
पति भेटेर फर्किएकी हिमानी बिहीबार सासु कोमलको ६५ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी थिइन् ।

news and entertainment