चीनले भन्यो–नेपालमा राजतन्त्र अब कहिल्यै फर्कंदैन
February 20, 2015
काठमाडौं । चीन सरकारका प्रभावशाली दक्षिण एसिया विज्ञ हु सिसेङले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन अब सम्भव नरहेको बताएका छन् ।
चीनले नेपाल नीति निमार्णमा बेइजिङका सबभन्दा प्रभावशाली विज्ञ मानिने हुले पूरै जातीय पहिचानका राज्य निमार्ण गर्दा पनि नयाँ समस्या जन्मिन सक्ने औल्याउँदै मिश्रित संघीयता स्वीकार गर्न पार्टीहरुलाई प्रष्ट सुझाव दिएका छन् ।
′नेपालमा राजतन्त्र राष्ट्रिय एकताको प्रतिक थियो, र त्यसले विखण्डनको संभावना कम थियो भन्ने विश्वास चीनका केही विज्ञमा छ′ हुले भने- ′तर यो अध्याय पुरानो भएसक्यो ।′
चीन सरकारको भुराजनीतिक मामिला अध्ययन गर्ने बेइजिङको प्रभावशाली संस्था चाइना इन्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेशन का दक्षिण एसिया तथा पुर्वि एसिया निर्देशक हु ले डेढ महिना अघि काठमाडौंमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतलाई भेटेर गएको थिए ।
