आज माघ १९, एक दशक अघिको त्यो कालो दिनको स्मरण गरिँदै
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको विरुद्धमा झन धेरै समर्थन जुटेको थियो । सञ्चार सेवा बन्द गरेर, दलका नेताहरुलाई नजरबन्दमा राखेर, धर्ना जुलुस जस्ता कार्यक्रममा पनि प्रतिवन्ध लगाइएको थियो ।
तर पछि नागरिकक र राजनीतिक दलको आन्दोलनले शाहलाई हटाइएपछि संविधानसभाको चुनाव गरेर राजनीतिक दलहरुले अहिले देश सञ्चालन गरिरहेका छन् । दोस्रो संविधानसभाको चुनावपछि पनि संविधान एक बषृमा दिन नसक्दा दलहरुप्रतिको आक्रोस र वितृष्णा भने बढेको छ ।
