संविधान जारी गर्न केही ढिलो हुने, निर्धारित समयमा संविधानसभा भवनमा राष्ट्रपति नपुग्ने

Published: September 20, 2015
   



काठमाडौं, असोज ३ । संविधान जारी गर्ने पूर्व निर्धारित समयमा केही ढिलाइ हुने भएको छ । संविधानसभा सचिवालयका अनुसार राष्ट्रपति डा. रामवरण यादव संविधानसभा भवनमा पुग्न ढिलाइ हुने भएका कारण संविधान जारी गर्ने समय पनि केही समय पर सर्ने भएको हो ।


सचिवालयका अनुसार राष्ट्रपतिको सवारीमा करिब आधा घण्टा ढिलो हुने जानकारी प्राप्त  भएको छ । प्राविधिक कारणले राष्ट्रपतिको सवारीमा ढिलाइ हुने भएको जानकारी सचिवालयलाई आएको बताइएको छ ।

यसअघि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति डा. यादवले ५ बजे जारी गर्ने कार्यक्रम थियो । तर राष्ट्रपतिको सवारीमा ढिलाइ हुने भएसँगै संविधान जारी गर्न पनि कम्तीमा आधा घण्टा ढिलो हुने भएको छ ।

,

news and entertainment