मलेसियामा नयाँ संविधानको स्वागत
अर्जुन काफ्ले |
२०७२ आस्विन ३ आईतवार
फोटो :संविधानको स्वागतमा गरिएको कार्यक्रमका सहभागी । तस्बिर : अर्जुन काफ्ले
मलेसिया : नेपाल नेपालको संविधान २०७२ को स्वागतमा मलेसियामा भव्य कार्यक्रम गरिएको छ । मलेसियामा सक्रिय तीन दलको सक्रियतामा क्वालालम्पुरमा स्वागत कार्यक्रम गरिएको हो ।
कांग्रेस जन सम्पर्क समिति, प्रवासी नेपाली मञ्च र नेपाली जन प्रगतिशिलमञ्चको आयोजनमा स्वागत कार्यक्रम गरिएको हो ।
नयाँ संविधानको स्वागतमा मलेसियामा दीप प्रज्वालन पनि गरिएको छ । दीप प्रज्वलन कार्यक्रममा मलेसियाका नेपाली राजदूत डा. निरन्जनमान सिंह बस्न्यात, प्रवासी नेपाली मञ्चका राजेन्द्र प्रकाश भण्डारी, कांग्रे जन सम्पर्क समितिका चोलाकान्त पंगेनी र जन प्रगतिशिल मञ्चका प्रेम पाण्डेले नयाँ सविधानको घोषणाले नेपालीको सदियाैंदेखिको सपना पुरा भएको बताए ।
वक्ताहरुले नेपालीजनताको सपना नयाँ संविधानले पुरा गर्न लाग्नुपर्ने बताए । संविधान जारी हुने समयमा रहेको दलबीचको एकता कायमै रहनुपर्ने उनीहरुको भनाइ थियो ।
यता क्वालालम्पुरमै संविधानले आदिवासी र लिम्वुवानको माग पुरा नभएको भन्दै संघीय लिम्वुवान समाजले संविधानको प्रति जलाएको छ ।
नयाँ संविधानले सदियाँैदेखि तल पारिएका आदिवासी जनजातिको सवालमा कुनै ठोस काम गर्ने आशा नरहेको सो कार्यक्रमका वक्ताहरुले बताए ।
सो कार्यक्रममा समाजका सल्लाहकार अमृत थाङ्गदेन,अध्यक्षमात्रिकाधिमाललगायतले संविधानको प्रति जलाउँदै आदिवासीको माग नसमेटी जारी भएको संविधान मान्य नहुने बताए ।
यता क्वालालम्पुरमै संघीय लिम्बुवान समाजले संविधानको प्रति जलाएको छ ।
annapurnapost
