भारतीय पक्षले तीन सिमा नाका बन्द गरायो, सर्वसाधारण र सवारी साधनमा रोक
काठमाडौँ, ५ भदौ - भारतीय पक्षले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ।
भारतीय पक्षले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ।
नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सिमा नाका बन्द गराएको हो।
dcnepal.com
