बाबुरामले बहिस्कार गरेपनि प्रचण्ड नै अध्यक्षमा निर्वाचित
बिराटनगर, २३ बैशाख । एकीकृत नेकपा माओवादीको प्रथम राष्टिय सम्मेलनले पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित गरेको छ । मे दिवसका दिनबाट विराटनगरमा सुरु भएको राष्टिय सम्मेलनले सानो आकारको केन्द्रीय नेतृत्व निर्वाचन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले प्रचण्डको अध्यक्षतामा ९९ जना केन्द्रीय समिति चयन गरेको छ । बाँकी ५२ जना केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले मनोनय गर्ने प्रवक्ता दीनानाथ शर्माले जानकरी दिए ।
यसैबीच एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्राईसहित १७ जनाले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले मनपरी तरिकाले केन्द्रीय समितिको प्यालन प्रस्तुत गरेको भन्दै भट्टराईले आगामी महाधिवेशनसम्म केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका हुन् ।
विराटनगरमा जारी बन्द सत्रमा बोल्दै नेता टोपबहादुर रायमाझीले केन्द्रीय समिति चयनमा असहमति राख्दै केही नेताको नाम लिएर केन्द्रीय समितिमा नबस्ने बताएको प्रवक्ता शर्माले जानकारी दिए । भट्टराई, रायमाझी लगायतका नेताले केन्द्रीय समितिमा नबस्ने भनेपनि पार्टीका अन्य विभागहरुको जिम्मेवारी लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको शर्माले बताए ।
केन्द्रीय समितिको बैठकले आगामी जेठ १ गते काठमाडौमा केन्द्रीय समितिको पहिलो बैठक बस्ने निर्णय गरेको छ । नेता भट्टराईको चीन जाने कार्यक्रम रहेकाले उनको चीन भ्रमणपछि केन्द्रीय समितिको बैठक बस्ने शर्माले जानकारी दिए ।
भट्टराई लगायतका नेताले महाधिवेशनसम्म कुनै पदमा बसेर काम नगर्ने बताएपछि त्यसलालाई हलले स्विकार गरेको उनले जनाए । बिराटनगरमा जारी एमाओवादी राष्ट्रिय सम्मेलनको बन्द सत्रले ९९ जनाको केन्द्रीय समिति चयन गरेको छ ।
बाँकी ५२ जना केन्द्रीय सदस्य सम्मेलनपछि बस्ने केन्द्रीय समिति बैठकले चयन गर्ने शर्माले जानकारी दिए । सम्मेलनले अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन र बिधान पारित गरेको छ ।
अर्का नेता देवेन्द्र पौडेलले फरक विचार राख्नेहरुको सम्मान नभएसम्म पार्टी सुदृढ हुन नसक्ने भन्दै यसलाई सच्याउन माग गरे । अबको केन्द्रीय समितिले लिने निर्णय र खेल्ने भुमिकापछि आफुहरु कसरी प्रस्तुत हुने छलफल गरेर अघि बढ्ने उनले बताए ।
अहिले बनेको केन्द्रीय समितिमा भट्टराई पक्षबाट हिसिला यमी, देवेन्द्र पौडेल, बलावति शर्मा, देवी खड्का, टोपबहादुर रायमाझी, हेमराज शर्मा, प्रभु शाह, गंगा श्रेष्ठ, कल्पना धमला, राम कार्कीलगायत छन् ।
गत बिहीबार शुरु भएको सम्मेलनले ९९ जनाको केन्द्रीय समिति चयन गर्ने भनेको थियो । तर, केन्द्रीय समितिमा आकांक्षी बढी भएपछि हेटौंडा महाधिवेशनको संख्यालाई नै निरन्तरता दिने भएको हो
