नाइजेरियमा बोको हरामले ८६ महिला र बच्चालाई जिउँदै जलाए

२०७२ माघ १८ सोमबार

एजेन्सी : आतंकवादी संगठन बोको हरामको हमलामा नाइजेरियमा ८६ जनाको ज्यान गएको छ ।


मारिनेहरुमा कयौं महिला र बालबालिका रहेका छन् । आतंकवादीले शनिवार म्यादुगुरी शहरस्थित दलोरी गाउँमा मानिसलाई गोलीको निशाना बनाउँदै घरमा आगो लगाएर जिउँदै जलाएका हुन् ।

नाइजेरियन सेनाका प्रवक्ता कर्नेल मुस्तफाका अनुसार आतंकवादीहरु दुई कार एक मोटरसाइकलमा सवार थिए। उनीहरुले खुला चौरमा रहेका मानिसहरुमाथि गोली चलाएर घरमा आगो लगाएका थिए ।

अर्को गाउँ गमोरीमा तीन महिला आत्मघातीहरुले कयौं घरलाई बमले उडाएका छन् । यी तीन गाउँ एकआपसमा मिल्ने कोशिमा थिए ।

एक प्रत्यक्षदर्शी मलाम मासा दलोरीका अनुसार मानिसहरु घरमा बसेर प्राथना गरिरहेको समयमा बन्दुक चलेको आवाज सुनेपछि गाउँमा आतंकवादी छिरेको थाहा पाएको बताए ।
एक अन्य प्रत्यक्षदर्शीका अनुसार आतंकवादीले गोलाबारी, धमाका र घरमा चार घन्टासम्मा आगो लगाएका थिए ।

एक सैनिकका अनुसार आफूहरु त्यहाँ पुग्दासम्म आतंकवादीहरु भागिसकेका थिए ।

नेशनल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका क्षेत्रिय संयोजक मोहम्मद कनारका अनुसार आइतबारसम्म ८६ जना मानिसको शव बरामद भएको छ ।६२ जनालाई म्यादुगुरीको अस्पतालमा भर्ना गरिएको छ ।

 म्यादुगुरी नाइजेरियाको ठूलो शहरमध्ये एक हो । यहाँको जनसंख्या करिब 26 लाख रहेको छ । यहाँ आधाजसतो शरणार्थी बस्दै आएका छन् ।
annapurnapost

,

news and entertainment