एक घन्टा चार्ज गर्दा ७५ किलोमिटर गुड्ने स्कुटर

बेङ्ग्लोर— उर्जा सङ्कट बढ्दै गएको अवस्थामा भारत बेङ्ग्लोरको एउटा कम्पनीले एक घन्टा ब्याट्री चार्ज गर्दा ७५ किलोमिटर गुड्न सक्ने स्कुटर तयार पारेको छ। एथर इनर्जीले बनाएको यो स्कुटरलाई इ–स्कुटर ए३४० नाम दिइएको छ। स्कुटरको आधिकारिक सुरुवात आइआइटी मद्रासबाट गरिएको छ।

एन्ड्रोइड टच स्क्रिन

यो दुई पाङ्ग्रे सवारी साधनलाई रिचार्ज गर्न एक घन्टा लाग्ने दाबी कम्पनीले गरेको छ। स्कुटरमा लियोन ब्याट्री रहेका कारण एक घन्टाभन्दा कम समय लाग्ने दाबी गरिएको छ।

स्कुटरको सबैभन्दा एएसपी डिजिटल टच स्क्रिन ड्यासबोर्ड हो। यो एन्ड्रोइड टचस्क्रिनबाट प्रयोगकर्ताले आफ्नो रुचिअनुसार स्कुटरका फिचर रिसेट समेत गर्न सक्छन्। यो फिचरबाट चोरीबाट समेत सुरक्षा हुने कम्पनीको दाबी छ।

यो स्कुटर २५ देखि ४० किलोमिटर प्रतिघन्टाको स्पिडमा कुद्न सक्छ। उच्च गतिमा प्रतिघन्टा ७५ किलोमिटरसम्म गुड्ने यो स्कुटरको बजार मूल्य करिब १ लाख रुपैयाँ भारु हुने बताइएको छ।

एथर इस्कुटर एस ३४० लाई भारतकै पहिलो स्मार्ट इलेक्ट्रिक स्कुटर मानिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया अभियानकै हिस्साको रुपमा यसलाई अघि बढाइने सम्भावना छ।
nagariknews

,

news and entertainment