म्यानचेस्टर युनाइटेड पुगिसकेका १४ वर्षीय कटवाल बार्सिलोना जाने

गत साल म्यान्चेस्टर युनाइटेडको सकर स्कुल पुगेका ड्यानिएल डेबिड कटवाल, यो वर्ष बार्सिलोना जाने पक्का भएको छ|



गत साल जुलाई ५-१०मा एक हप्ता म्यानचेस्टर युनाइटेडको सकर स्कुलमा प्रशिक्षण लिएका ड्यानिएलले त्यहाँ राम्रो प्रभाव पारेका थिए| युनाईटेड सकर स्कुलका प्रशिक्षकले उनको खेल राम्रो भएको भन्दै ८/१०को रेटिंग पनि दिएका थिए| यसअघि पनि कटवाल दुइ महिने प्रशिक्षणका लागि ब्याङ्कक पुगेका थिए| आई-प्ले एकेडेमीमा प्रशिक्षण लिएका कटवालले दुइ मैत्रीपूर्ण खेलमा दुइ गोल र तिन असिस्ट दिएका थिए भने लिगको एकमात्र खेलमा एक गोल गरेका थिए| त्यसबखत टोलीका प्रशिक्षक केभिन वाटले उनको खुलेर प्रसंशा गरेका थिए|

सानै उमेरदेखि फुटबलमा लगाव भएका कटवाल आठ वर्षको उमेर देखि फुटबल खेल्दै आएका छन्| उनले आफ्नो स्कुलको टिमबाट पनि फुटबल खेलिसकेका छन्| घर-समाजमा पनि फुटबल खेल्दा आफूभन्दा ठुलो उमेरको टिममा अटाउने उनले अग्रजहरुबाट प्रोत्साहन मिल्ने गरेको बताए| कालिम्पोङ्ग स्थित डाक्टर ग्राहम होल्म्स स्कुलमा आफ्नो प्राथमिक शिक्षा हासिल गरेका कटवालले आफ्नो फुटबल करियरलाई बढावा दिन काठमाडौँ आए|

आफ्नो छोराको सपना साकार हुन कुनै कसर नछाड्ने पिता निल डेबिड कटवाल बताउछन्| ‘ म आफ्नो क्षेत्रमा अब्बल हुनुमा मेरो बुवा-आमाले मेरो सपना साकार पार्न बन्देज नलगाउनु थियो, र म मेरो छोरालाई पनि उसको सपना साकार बनाउन सम्पूर्ण सहयोग गर्नेछु’, कटवालले भने|

इंग्ल्यान्ड र म्यानचेस्टर युनाईटेडका कप्तान वाएन रुनिलाई आफ्नो आदर्श मान्ने डेनिएल एकदिन उनिजत्तिकै प्रभावशाली खेलाडी बन्न चाहन्छन्| उनको खेलशैली र युवा अवस्थामै गरेको उन्नतिले ड्यानिएल उनीप्रति आकर्षित भएको बताउछन्| अट्याकिंग मिडफिल्ड पोजिसनमा खेल्ने ड्यानिएल भने आफ्नो पोजिसनमा खेल्ने वान माटाको खेल एकदम मनपर्ने  बताउछन्|



ड्यानिएलक पिता निल भने छोराको फुटबलप्रतिको लगावले आफु आश्चर्यमा परेको बताउछन्| ‘उसको कोठा भरि म्यान्चेस्टर युनाईटेड बाहेक केहि पनि देख्दिन| उसको दिमागबाट फुटबल नरहेको समय कमै हुन्छ होला|’, निल भन्छन| स्कूलबाट फर्केपछि हरेक दिन बेलुकी ड्यानिएल प्रशिक्षणमा पुग्ने गरेको पनि निलले जानकारी दिए|

विगत एक वर्षदेखि राजु काजी शाक्यको एकेडेमीमा प्रशिक्षणरत कटवाल राम्रो खेलाडी भएको अभिव्यक्ति शाक्यले दिएका थिए| “विदेशमा प्रशिक्षण पाएर नेपालमा आएर खेल्नु खेलाडीको विकासको लागि सहयोगी हुन्छ| यस्तो अवसरको सदुपोग गर्न सके नेपाली फुटबलले पनि राम्रो विकास गति लिन्छ”, शाक्यले भनेका थिए|

अब आउने जुलाइमा ड्यानिएल बार्सिलोना पुग्ने र त्यहाँ दुइ हप्ता प्रशिक्षण पश्चात पुन: नेपाल फर्किने पिता निलडेबिडले जानकारी दिए| जुन २६मा नेपालबाट लन्डन जाने र त्यहाँबाट धर्मपिता डेविड भिनलसंग स्पेनतर्फ लाग्ने पनि निलले बताए| ‘हामीले इटालीमा पनि सम्भावना देखेका थियौं तर स्कुलबाट बिदा मिलाउन असमर्थ भएपछि उनि स्पेनमात्र पुग्ने भएका हुन्|’, पिता कटवालले भने| स्पेनबाट फर्केपछि उनि नेपालमै सहि प्रशिक्षण गर्ने पनि निलले बताए|

स्पेनमा उनले वार्सिलोनाको युवा टिमको प्रशिक्षकबाट प्रशिक्षण लिनेछन्| यो प्रशिक्षण समय कुनै ट्राएल नभएपनि राम्रो खेलाडी भेटिएको अवस्थामा एकेडेमीमै समावेश गर्न सकिने व्यवस्था पनि रहिआएको छ| दुइ हप्ते प्रशिक्षण दौरान खेलाडीले बार्सिलोनाको सिनिएर टिमले प्रयोग गर्ने सुविधा प्रयोग गर्दै उनीहरुको प्रशिक्षण शैलीबारे पनि बुझ्न पाउनेछन्|
hamrokhelkud

,

news and entertainment