इरानी अर्बपतिलाई मृत्युदण्ड

तेहरान, फागुन २३ । इरानका एक अर्बपतिलाई मृत्युदण्डको सजाय तोकिएको छ । बाबक जनजानी नाम गरेका ती व्यापारीलाई करिब तीन अर्ब डलर भ्रष्टाचार गरेको आरोपमा मृत्युदण्डको सजाय तोकिएको हो ।
४२ वर्षीय जनजानीलाई डिसेम्बर २०१३ मा पक्राउ गरिएको थियो । उनीमाथि आफ्नो कम्पनीको माध्यमबाट तेल बेचेर पैसा कमाएको आरोप लगाइएको थियो । यद्यपि उनले ती आरोप अस्वीकार गर्दै आएका छन् ।
इरानका न्याय विभागका प्रवक्ताले पत्रकारहरुलाई जानकारी दिएअनुसार जनजानी आर्थिक अपराध र ठगिमा दोषी पाइएका छन् ।
अमेरिका र युरोपेली युनियनले जनजानीलाई प्रतिबन्धका क्रममा तेल बेच्न इरानलाई सहयोग गरेको आरोपमा कालो सूचीमा राखेका थिए ।
जनजानीका साथै अन्य दुईजनालाई पनि मृत्युदण्डको सजाय तोकिएको छ । उनीहरुलाई भ्रष्टाचार गरी कमाएको रकम फिर्ता गर्न पनि आदेश दिइएको छ ।
यो फैसलाका विरुद्ध उनीहरुले पुनरावेदन गर्न सक्ने अधिकार भने सुरक्षित रहेको जनाइएको छ । (एजेन्सी)
imagekhabar

,

news and entertainment