फेरी चम्किए कोहोली, भारतले वेस्टइण्डिजलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं–टि–२० विश्वकप क्रिकेट अन्तर्गतको सेमिफाइनल खेलमा पहिले ब्याटिङ गरको भारतले वेस्टइण्डिजलाई १९३ रनको लक्ष्य दिएको छ। विराट कोहोलीले उत्कृष्ट ब्याटिङ गर्दै नट अाउट रहँदै ४७ बलमा ८९ रनको योगदान गरे।

२० अोभरमा २ विकेट गुमाएर भारतले उक्त लक्ष्य पेस गरेको हो।

रोहित शर्माले ४३ रनको योगदान गरे भने राहानेले ४० रनको जोडे। क्याप्टेन महेन्द्र सिं धोनीले नट अाउट १५ रन जोडे।

वेस्टइण्डिजले टस जितेर फिल्डिङ रोजेको थियो।

आज जित्ने टिम फाइनलमा इंग्ल्याण्डसँग उपाधिकालागि भिड्ने छ।
इंग्ल्याण्डले सेमिफाइनलमा न्युजिल्याण्डलाइ हराएर फाइनलको यात्रा तय गरिसकेको छ।
nagariknews

,

news and entertainment