चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइको संयोजकत्वमा करिब दुई दर्जन चलचित्रकर्मी नेपाली कांग्रेसका नव-निर्वाचित सभापित शेरबहादुर देउवालाई वधाई दिन उनकै निवास वुढानिलकण्ठ पुगेका छन् ।
आज बिहान देउवाले चलचित्रकर्मीलाई छोटो भेट गरेका थिए । भेटमा उनले सबै चलचित्रकर्मीलाई चिन्ने भन्दै चाहिने सहयोग माग्नका लागि आश्वासन दिएका थिए । देउवाले चलचित्रकर्मीले मागेको सहयोग पुरा गर्ने आश्वासन दिए ।
देउवालाई शुभकामना दिएपछि चलचित्रकर्मीको टोली महामन्त्री पदका विजयी शशांक कोइराला र सदस्य पदका विजयी नेता डाक्टर मिनेन्द्र रिजालको घरमा वधाई दिन पुगेका थिए ।
चलचित्रकर्मी निर शाहदेखि नायिकाहरु झरना थापा, नन्दिता केसी, दीपाश्री निरौला, रुपा राना, मेलिना मानन्धर ३ नेताको घरमा पुगेका थिए । यस्तै, आकाश अधिकारी, सरिता लामिछाने, रामकेशर बोगटी, राजेश घतानी लगायतका चलचित्रकर्मी पनि नव निर्वाचित सभापित, महासचिव र सदस्यलाई वधाई दिन पुगेका थिए ।
onlinekhabar
देउवालाई वधाई दिन निर शाहदेखि झरनासम्म वुढानिलकण्ठ पुगे
news and entertainment
