‘क्रिकेट खेल्यो भने काली हुन्छ्यौं, कसले बिहे गर्छ ?’
काठमाडौं । ‘मेरा माता पिताले मलाई क्रिकेट खेल्न पठाउनुभएको थियो । उहाँहरुले मलाई जहिलेपनि हौसला प्रदान गर्नुभयो । तर मेरा हजुरवुआ, हजुरआमालाई मैले क्रिकेट खेलेको मन परेको थिएन । उहाँहरुलाई लाग्थ्यो कि घाममा खेलेर म काली हुन्छु र मलाई कसले बिहे गर्छ ?’ तपाईलाई थाहै छ भारतमा यो समस्या कायमै छ । ‘म परिवारका कुनैपनि शुभकार्यमा सहभागी हुन सक्दिनथेँ’
यो भनाइ भारतकी शीर्ष महिला क्रिकेटर तथा कप्तान मिताली राजको हो । सञ्चारमाध्यमको कवरेजबाट भलै त्यस्तो नलाग्दा तर, भारतमा अहिले टी-२० विश्वकप क्रिकेट पुरुषका साथसाथै महिला टोलीको पनि चलिरहेको छ ।
धोनीको टोलीले न्यूजिल्याण्ड बिरुद्धको पहिलो खेलमा पराजय ब्यहोर्यो । मानिसलाई लाग्यो कि कुनै ठूलो दुर्घटना भयो । तर, त्यही दिन भारतीय महिला टोलीले जित हात पारेको थियो । जीतको विषयमा थारै भारतीयलाई मात्र थाहा भयो । यस्तो किन ?
यस्तो पहिलो पटक भएको होइन । । सन् १९९९ मा एकदिवशीय क्रिकेट करिअर सुरु गरेकी भारतीय कप्तान मितली भन्छिन्,-‘जव मैले क्रिकेट खेल्न सुरु गरेको थिएँ, त्यतिवेला महिला क्रिकेटका बारेमा मानिसहरु धेरै जान्दैनथे ।’
उनी भन्छिन्, ‘हामी जव क्रिकेट किट ब्याग बोकेर निस्कन्थ्यौं त मानिस हामीलाई सोध्थे कि तपाईहरु हकी खेलाडी हो ? मानिसहरुले यो सोच्दैनथिए कि हामी क्रिकेट खेलाडी पनि त हुन सक्थ्यौं ।’
मिताली राज महिला खेलाडीहरुमा एकदिवसीयमा ५ हजार रन पुरा गर्ने संसारकी दोस्रा खेलाडी हुन् । उनले टेष्ट क्रिकेटमा दोहोरो शतक प्रहार गरेकी छन् र भारतका लागि १६४ एकदिवसीय खेलिसकेकी छन् ।
कुनैबेला भारतनाट्यममा चासो राख्ने मितालीको लागि क्रिकेटयात्रा अप्ठेरो पनि रहृयो र सजिलोपनि । यसपटक टी-२० महिला बिश्वकपमा भारतको प्रदर्शनलाई लिएर मितालीमा निक्कै भरोसा छ कि उपाधिका लागि ।
उनी भन्छिन्- ‘भारतीय महिला टोलीले विश्वकपअघि जस्तो प्रदर्शन गरिरहेको थियो, त्यस हिसावमा हामी सेमिफाइनलसम्म स्थान बनाउन सक्छौं । पछिल्लो पटक हामी सेमिफाइनल पुग्न पाएनौं । इंग्ल्याण्ड निक्कै राम्रो टोली हो । उसले बर्षैभरी धेरै क्रिकेट खेल्छ ।’
उनले अघि भनिन्, बंगलादेश र पाकिस्तानसँग हामीले पछिल्लो विश्वकपपछि खेलेका छैनौं, सबैलाई थाहा छ दुई बर्षमा टोलीमा निक्कै परिवर्तन हुन्छ, हाम्रो तयारीपनि कम छैन ।’
जारी विश्वकपमा भारतको टर्निङ प्वाइन्टबारे मिताली भन्छिन् कि भारतीय टोली विश्वकपमा राम्रो प्रदर्शन गरेको खण्डमा भारतको महिला क्रिकेटमा निक्कै परिवर्तन हुन सक्छ । खासगरी ब्राण्डिङलाई लिएर, किनकी अझैसम्म निजीस्तरबाट महिला खेलाडीलाई प्रायोजन मिलेको छैन ।
यो कुरा फरक हो कि पुरुष टोलीको हारको समाचारको बीचबीचमा आउने बिज्ञापनमा धोनी तथा अन्य खेलाडीको बिज्ञापन हरेक टिभी स्किननमा देख्न सकिन्छ ।
मितालीलाई विश्वास छ कि यति छिट्टै महिला क्रिकेट पुरुषहरुको दाँजोमा पुग्न सक्दैन । तर यस्तो कुनै दिन हुनेछ ।
बीबीसी हिन्दीबाट अनुवादित
onlinekhabar
