मिस नेपाल प्रतियोगी नम्रताको बेली डान्स

प्रतियोगी मध्येकी एक नम्रता श्रेष्ठ। तस्बिरः प्रबिन कोइरालाप्रतियोगी मध्येकी एक नम्रता श्रेष्ठ। तस्बिरः प्रबिन कोइराला
काठमाडौं-मिस नेपाल २०१६ को प्रतियोगिता अन्तर्गत आयोजित ट्यालेन्ट राउन्डमा प्रतियोगीले विभिन्न 'थिम'मा चित्ताकर्षक प्रतिभा प्रस्तुत गरे।


भूकम्पको पीडा झल्काउने प्रस्तुतिले कतिबेला निर्णायक मण्डल र दर्शक भावुक बन्थे। त्यसैमा भूकम्पमा ध्वस्त बनेको धरहराको चित्र कोरेर मिस नेपालका प्रतियोगीले बैशाख १२ को त्यो कालो दिनको स्मरण गराउँथे।

ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले नृत्य, कविता वाचन, गीत गायन, भाषण कला जस्ता प्रतिभा पस्केका थिए। १९ वर्षे नम्रता श्रेष्ठको बेली डान्सले पनि राम्रै चर्चा पायो।
nagariknews

,

news and entertainment