जापानमा ६ दशमलव १ म्यानिच्युडको भुकम्प, रेल सेवा केहीबेर प्रभावित
चैत १९, एजेन्सी
जापानमा ६ दशमलव १ म्यानिच्युडको भुकम्प गएको छ । दक्षिणपश्चिम जापानको होन्सुलाई केन्द्रबिन्दु बनाएर आज बिहान सो भुकम्प गएको अमेरिकी भुगर्भ बिभागले जनाएको छ । भुकम्पको धक्का राजधानी टोकियो, सिङगु, ओसाकासी लगायतका स्थानसम्म महसुस गरिएको अधिकारीहरुले बताएका छन् ।
भुकम्पका कारण कुनै मानवीय क्षति भने नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँको रेल सेवा भने केही घण्टाका लागि बन्द गरिएको छ । सोहि स्थानलाई केन्द्रबिन्दु बनाएर सन् २०११ को मार्चमा गएको भुकम्पका कारण १८ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।
radiokantipur