फुत्कियो देउवाको ठूलो प्लान ! कांग्रेसमा खुमबहादुर खड्का मालामाल
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने गोप्य योजना सार्वजनिक भएको छ ।
जसअनुसार देउवाले नेता खुमबहादुर खड्कालाई उपसभापति बनाउने लगभग निश्चित भएको छ । यसअघि देउवाले आफ्ना प्रतिस्पर्धी रामचन्द्र पौडेलसहित ७ जनालाई बुधबार केन्द्रीय कार्यसमितिमा मनोनित गरिसकेका छन् ।
‘खुमबहादुर जी र गगनलाई उपसभापति र पार्टी प्रवक्ता बनाउन शेरबहादुर दाईले आन्तरिक छलफल गरिरहनुभएको छ । केन्द्रीय कमिटीले छिट्टै पूर्णता पाउँछ,’ उनले भने । कांग्रेसको ८५ सदस्यीय केन्द्रीय कमिटीमा ६४ जना मात्रै १३ औं महाधिवेशनबाट निर्वाचित भएका छन् । बाँकी २१ केन्द्रीय सदस्य सभापतिको प्रस्तावमा केन्द्रीय समितिले नै चयन गर्ने व्यवस्था छ ।
सभापतिमा उम्मेदवारी घोषणा गर्दा देउवाले खड्काको सहयोग माग्दै आफू निर्वाचित भए उपसभापति पदमा नियुक्त गर्ने र अन्य प्रतिबद्धता पनि पुरा गर्ने बाचा गरेका थिए । यता देउवालाई पार्टी सभापति बनाउन पनि खड्काले ठूलै भूमिका निर्वाह गरे । बिरामीका बावजुद उनले सभापतिको दोस्रो चरणको निर्वाचनमा फिल्डमै उत्रिएर मत मागेका थिए । आफूलाई जिताउन अहोरात्र खटिएका खड्कालाई केहि दिनभित्र देउवाले उपसभापति पदमा मनोनित गरि अन्य प्रतिबद्धतातर्फ लाग्ने योजना बनाएका हुन् ।
हालको केन्द्रीय समितिमा खड्कासहित ८ केन्द्रीय सदस्य खड्का निकटका विजयी भएर आएका छन् । देउवाले खड्कालाई उपसभापति बनाएपछि सरकारका लागि खड्काले देउवालाई सरकारका लागि खुलेर सहयोग गर्नेछन् ।
खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत ल्याएर दोस्रो मात्र बने पनि आफू निकटका ८ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भएका खड्काले अबको केन्द्रीय समितिको हरेक निर्णयमा शक्ति देखाउने छन् । खुमबहादुरले केन्द्रीय सदस्यमा आफ्ना पक्षका पूर्ण खड्का, देबेन्द्रराज कँडेल, मोहन बस्नेत, शंकर भण्डारी, पुष्पा भुसाल, अजय चौरसिया र इश्वरी न्यौपानेलाई जिताएका थिए ।
यो कारणले पनि खुमबहादुर उपसभापति बन्ने पक्का छ । र काखापाखा नगर्ने सिद्धान्तमा देउवाले गगनलाई पार्टी प्रवक्ता बनाउने सम्भावना बोलियो छ ।
dainiknepal