नेपाली बालबालिका तस्करीबारे बेलायतले अनुसन्धान शुरु गर्ने

बेलायती गृहमन्त्री टेरिसा मेले भूकम्प पिडित नेपाली बालबालिका घरेलु कामदारका रुपमा बेलायतमा बेचिने गरेको समाचार प्रति आफु गम्भीर भएको बताउँदै त्यहाँको प्रहरीलाई अनुसन्धान शुरु गर्न आदेश दिएकी छिन l
बेलायतबाट प्रकाशित हुने ‘सन’ पत्रिकामा प्रकाशित समाचार अनुसार भारतको पंजाव राज्यमा त्यहाँका अपराधिक समूहहरुले भूकम्प पिडित नेपाली तथा असहाय भारतीय बालबालिकालाइ ५३०० पाउण्डमासम्पन्न बेलायती परिवारलाई बेच्ने गरेको छl

गार्डीयन पत्रिकाका अनुसार बेलायती मन्त्रिले बालबालिका बेचविखनलाई ‘अत्यन्त घृणित अपराध’ भन्दै त्यहाँको ‘नेसनल क्राइम एजेन्सी’लाई अनुसन्धान गर्न आदेश दिएको हुनl
यस्तो तस्करीबाट नाफा कमाउने अपराधीहरुलाई दण्डित गर्नका निम्ति ‘सन’ पत्रिकाले उसँग भएका बाँकी सुचना र तथ्यहरु प्रहरीलाइ प्रदान गर्नुपर्ने बताइन्l
‘संसारमा कतै पनि र कुनै पनि बच्चालाई उसको घर बाट अलग्याउनु हुँदैन र दास बनाएर काम गर्न बाध्य पार्नुहुँदैन,’ उनले भनिन्,‘यसैकारण हामीले गत बर्ष ऐतिहासिक ‘मोडर्न स्लेभरी एक्ट’ शुरु गर्यौं जसले बच्चाहरुको अझ बढी रक्षा गर्छ र अपराधमा संग्लन व्यक्तिहरुलाई जन्म कैद सम्मको सजाय दिन्छl’
सोमबार सन पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार असहाय बालबालिकालाइ बेलायतका धनि परिवारहरुका निम्ति बेतलवी काम गर्नका निम्ति बेचिन्छl
सनपत्रिकाका छद्मधारी पत्रकारलाइ एक मखन सिंह नाम गरेको तस्करले धेरै बालबालिका मध्ये एक छानेर किन्न प्रस्ताव उल्लेख छl
उसले पत्रकारलाई प्राय जसो बेलायतमा बेचिने बालबालिका नेपाली हुने गरेको बताएको थियोl
‘नेपालीलाइ बेलायत लैजाऊl उनीहरु असल हुन्छन, सबै घरेलु काम राम्ररी गर्छनl राम्रा भान्से बन्छन।तपाईंलाइ कसैले केहि गर्दैन,’ पत्रिकाले सिंहलाइ उदृत गरेको थियो
setopati

,

news and entertainment