चीनले भारतविरुद्ध यसरी लगायो भिटो पावर, सबै शक्तिराष्ट्रहरू थुरुरु…
काठमाडौं, २० चैत । चीनले संयुक्त राष्ट्रसंघमा आतंकवाद मुद्दा लैजाने भारतीय चाहनाको विपक्षमा आफूलाई उभ्याएको छ ।
पञ्जावको पठानकोट एयरबेसमा भएको आतंकवादी आक्रमणको मुद्दालाई भारतले संयुक्त राष्ट्रसंघमा उठाउँदै जैस ए मोहम्मद प्रमुख मौलान मसुद अजहरमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेको थियो ।
भारतले अल कायदा सेक्सन कमिटीमा रहेका मौलाना मसुद अजहरमाथि राष्ट्रसंघमार्फत कारबाही चलाउन खोजेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
तर पनि चीन एक्लै अर्कातर्फ उभिएपछि आतंकवादी संगठनका पक्षमा निर्णय गएको आरोप भारतीय सञ्चारमाध्यमहरुको छ । चीनले भारतीय मागका पक्षमा जान नसक्ने बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता होङलीले कुटनीतिक जवाफ दिँदै आफ्नो मुलुक सवैखालको आतंकबादको विपक्षमा रहेको बताएका छन् ।
आतंकवादका विरुद्धमा राष्ट्रसंघले निर्वाह गर्ने केन्द्रीय तथा समन्वयकारी भूमिकामा चीनको सधै साथ रहने उनले स्पष्ट पारे ।
मौलानामाथि प्रतिबन्ध लगाउने भारतको प्रस्तावमाथि अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए ।
संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो । चीनले आफ्नो भिटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो ।
पाकिस्तानसहित चीन पनि अब मौलानासँगै उभिएकोमा भारतीय पक्ष भने रुष्ट छ ।
dainiknepal
