काठमाडौं , ८ बैशाख। नायिका प्रियंका कार्कीले आँफुलाई बेष्या लगायतका अश्लिल शब्दको सामाजिक संजालमा प्रयोग नर्गन आग्रह गरेर स्टाटस लेखेको केही दिनमा नै अर्की नायिका केकी अधिकारीले पनि बलात्कारका विषयमा स्टाटस लेखेकी छिन् ।
केकीले फेसबुकमा स्टाटस लेख्दै बलात्कारीहरुलाई एकै चोटीमा भष्म पार्न मन लागेको बताएकी छिन् । विद्यालयबाट फर्किँदै गरेकी ८ वर्षीया वालिकाको बलात्कारपछि हत्या गरिएको समाचार पछि उनले आफुँलाई असह्ैय भएको उल्लेख गर्दै स्ट्याटसमा लेखेकी छिन् “मनभित्रको आगो यस्तो दनदनी सल्किरहेको छ कि मानौं यस्ता बलात्कारी अपराधीहरुलाई एकै चोटिमा भस्म पारिदिउँ ।
यस्तो बेला किन कालीको अवतार लिएर त्यो नरपिचासको घाँटी आफ्नो खुट्टाले न्याक्न सक्दिन म” केकीले बुधबार पाल्पाको एक गाउँमा ४ कक्षामा पढ्ने बालिकाको बलात्कारपछि हत्या गरिएको समाचार पढेपछि त्यस्तो प्रतिक्रिया दिएकी हुन् ।
osnepal
बलात्कारीलाई एकै चोटीमा भष्म पारिदिउँ भन्दै नायिका केकी अधिकारीले लेखिन् यस्तो स्टाटस
news and entertainment
