क्यानाडाको नक्कली भिषा लगाई लाखौं रकम ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ
काठमाडौं, २० वैशाख । क्यानाडाको नक्कली भिषा लगाई लाखौं रकम ठग्ने प्रवल एजुकेशन कन्सल्टेन्सीका संचालक डेन्जीन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
लामाबाट ठगिएका रामेछाप, दोलखा र भक्तपुरका चार जनाले उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार लामालाई पक्रेको हो ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार लामाले रामेछापकाम राजु श्रेष्ठ र देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की र भक्तपुरका रमेश कुमार केसीबाट प्रतिव्यक्ति १५ लाखका दरले उठाएर नक्कली भिषा बनाएका थिए ।
का.म.न.पा.वडा नं.४ मा संचालित प्रवल एजुकेशन कन्सल्टन्सीले ख्ष्कष्त भिषामा क्यानाडा पठाउने भनि र १०/१५ लाख सम्म रकम उठाई धेरै यक्तिहरुलाई ठगी गरी रहेको भन्ने गोप्य सूचना यस महानगरीय अपराध महाशाखामा प्राप्त हुन आएकोमा यस महाशाखाबाट गोप्य रुपमा उक्त कन्सल्टेन्सीलाई निग्रनीमा राखी प्रमाण संकलन गर्ने क्रममा रामेछाप घर हुने राजु श्रेष्ठ र देवेन्द्र सुनुवार दोलखा घर हुने विवेकराज कार्की, भक्तपुर घर हुने रमेश कुमार के.सी.यस महाशाखाको सम्पर्कमा आएकोमा उक्त कन्सल्टेन्सीले निजहरुलाई प्रतिव्यक्ति क्यानाडा Visit भिषाको लागि १५ लाखका दरले लाग्ने भनि Process को लागि ५०,००० का दरले दिएको र थप रकम लिनको लागि विश्वास दिलाउन नक्कली भिषा समेत दिएको देखिन आएकोमा यस महाशाखाबाट खटिएको विशेष टोलीले बसुन्धरा स्थीत उक्त कन्सल्टेन्सीको खानतलासी लिदा उक्त कन्सल्टेन्सीले रु ५ लाख सम्मका स्लीप काटी रकम उठाउने गरेको देखिन आएको,उक्त कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता समेत नभई संचाल नभएको देखिन आएकोमा गैर कानूनी ढंगले संचालन भई ठगी कार्यमा संलग्न उक्त कन्सल्टेन्सीका संचालक जिल्ला काभ्रेपलान्चोक सिपाली चिलाउने गा.वि.स.वडा नं.१ घर भई हालका.जि.का.म.न.पा.वडा नं.४बसुन्धरा बस्ने प्रवल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालक डेन्जीन लामालाई मिति २०७३।०१।१७ गते पक्राउ गरी ल्याईएकोमा यस महाशाखाको प्रारम्भिक अनुसन्धानबाट निज डेन्जीन लामाले विभिन्न एजेन्ट मार्फत क्यानाडा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने एजेन्ट मार्फत १५ लाख उठाउने र एक जना क्यानेडियन नागरिकलाई डिल्लीमा राखी निजमार्फत भिषालगाई ठूलो मात्रामा रकम असुली गर्ने त्यसरी हाल सम्म १४ जनालाई ठगी गरेको देखिन आएकोले ठगी कार्यमा संलग्न डेन्जीन लामालाई ठगी मुद्दा मा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।
dainiknepal
