इन्डोनेसियामा ६.१ रिक्टरको शक्तिशाली भूकम्प

जाकार्ता, २० वैशाख, इन्डोनेसियाको पश्चिमी लाम्पुङ्ग प्रान्तमा सुमात्रा द्वीपमा सोमबार ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । स्थानीय भू–गर्भ अध्ययन संस्थाले यस भूकम्प ६.१ रिक्टर स्केलको मापन गरिएको जानकारी दिएको छ ।


सो भूकम्प जाकार्ताको स्थानीय समयाअनुसार सोमबार विहान ११ः२१ मा गएको थियो । यस भूकम्पको केन्द्रविन्दु ताङ्गगाम्अ सहरबाट २३ किलोमिटर दक्षिणपश्चिममा भू–सतहबाट ११५ कि।मी गहिराईमा रहेको जनाइएको छ ।

इन्डोनेसियालाई भूकम्पीय प्रकोपले सताउने गर्दछ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको प्राप्त समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै विस्तृत समाचार भने प्राप्त भएको छैन ।
aajakokhaba

news and entertainment