आलु फल्छ तर बिउ चाहिदैन

गुल्मी ३ चैत्र – गुल्मीमा आलुको बिउ नरोपी आलु फल्दै गरेको छ । यहाँको अर्खवाङ्ग गाविसमा यति वेला बारी जोत्नको माचो छ । त्यहाँका प्रत्येक कृषकहरुले वारी त जोतेका छन तर केहि रोप्दैनन् र कुनै विउ–विजन पनि छर्दैनन् । टाढाबाट जानेले किन त केहि नरोप्ने वारी जोत्ने मात्र भनेर जिज्ञाषा राखेभने अनौठो कुरा थाहालाग्छ की त्यहाँ बर्षौंदेखि वारीमा आलुको विउ रोप्दै नारोपी फल्ने गर्छ ।
स्थानीय कृषक प्रेम भट्टराईका अनुसार ‘यहाँको आलु खेती रोप्दै नरोपी फल्ने वन तरुल जस्तै हो ।’ उनले भने पुर्खाहरुले रोपेको आलुका बाँकी अंशहरु त्यसै वारीमा रहने गरेको र त्यही वर्षेनी विउ बनेर उम्रने गरेको बताए । त्यहाँका गरिवदेखि सम्पन्न परिवारको वारीमा दुईचार मुरी देखि ६० मुरीसम्म रोप्दै नरोपी आलु फल्ने कृषकहरु बताउँछन् । त्यो आलु धान भन्दा महँङ्गो हुने भएकोले कृषकहरु खेत भन्दा वारी किन्न आकर्षित हुने अर्का कृषक तिलबहादुर विकले बताए । ‘ पहिले पाथीका हिसावले धान र आलु सौं–साटे आदन प्रदान हुने गरेपनि अहिले सदरमुकाम तम्घास देखि वुटवल सम्म अर्खवाङ्गको आलुको माग बढ्दै गए पछि धान भन्दा महँङ्गो बनेको कृषकहरुको भनाई छ । कृषकहरु खेत भन्दा वारी मै रमाउने गरेका छन’– बिकले भने–‘यहाँ धेरै खेत छैन यो वारी नै खेत भन्दा बढि आम्दानी दिने गरेको बताए ।’ त्यहाँको आलु पुर्णतया अर्गानिक भएकोले अत्यन्तै स्वादिष्ट हुने गरेको बताउँछन् ।
nepalnewslive

,

news and entertainment