गगन थापाको लागि आजको दिन बिशेष,
गगन थापा ले सुरु गरेको ‘भाइबहिनी’ नामक अभियान अन्तर्गत गगन थापाले पढाएकी एक छात्राले आज बैशाख २० गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागिता जनाउँदैछिन् ।
पाल्पाको रामपुरका दलबहादुर रानासँगको भेटका क्रममा छोरी संगीतालाई पढाउन नसकेको गुनासो गरेपछि गगनले २०६५ सालमा काठमाडौंमा ल्याएर उनलाई बढाउन थालेका थिए ।सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहानै गगनले एक स्टाटस लेख्दै आफ्ना लागि यस वर्षको कक्षा १२ को परीक्षा विशेष भएको उल्लेख गरेका छन् ।
उनले यस्तै पढ्न नसकेका विद्यार्थीहरुका लागि सुरु गरेको भाईबहिनी अभियान अन्तर्गत संगीतालाई काठमाडौंको न्यु डनबस्को विद्यालयमा ६ कक्षादेखि बढाएका थिए ।संगीताले अहिले काडमाडौंको चाबाहिलस्थित रिलायन्स एकेडेमीमा अध्ययन गरी कक्षा १२ को परीक्षा दिन लागेकी हुन् ।
nepaljapan
