काठमाडौं । नेपाली कांग्रेस, मधेसी मोर्चा र भारतले गरेको प्लान अनुसार, सबै काम बुलेट गतिमा भयो भने आउँदो तीन साताभित्र एमओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । आजको साँघु साप्ताहिकमा खबर छ–देउवाले भारत भ्रमणबाट ल्याएको प्लान हो–प्रचण्डलाई प्रधानमन्त्री बनाउने । प्रधानमन्त्री बन्ने यस्तो गेमप्लान विभिन्न तन्नु तथगा शक्तिहरुले प्रचण्डको कानमा पुर्याइसकेका छन् । प्रचण्ड निकटहरुको भनाई छ–प्रचण्डले चिनीजस्तो गुलियो कुरा सुन्न थालेका छन् । एमाओवादी दलका लागि त्यो चिनी नै सावित हुने हो की भन्नेचाँहि भविष्यले नै बताउँनेछ । केपी ओली सरकारलाई एमाओवादी अधयक्ष प्रचण्डको साथ विना गिराउन सम्भव छैन । गिरायो भने पनि उनको साथ विना नयाँ सरकार बनाउन र टिकाउन सम्भछ छैन ।
यही हिबासकिताब गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि तत्काल ओली सरकार गिराउने रणनीति बनाएको उच्च स्रोतले बताएका छन् । र, प्रचण्डलाई प्रधानमन्त्री बनाउने भविष्यको योजना होइन, तत्काल कार्यान्वयनमा ल्याउने योजना हो । एमाओवादीलाई सरकार त्याग्न लगाउने, कांग्रेसी र मधेसी मोर्चाले एमाओवादीलाई समर्थन दिएर नयाँ सरकार बनाउने योजना कार्यान्वयन तत्काल थालिने छ । सफल कहिले हुन्छ ? त्यो थाहा पाउन भने अझै केही हप्ता लाग्नेछ ।
khabardabali
तीन सातामा प्रचण्ड प्रधानमन्त्री !
news and entertainment
