भारतमा नेपाली बालिका बलात्कृत

२६ बैशाख, काठमाडौ । भारतमा चार बर्षिया एक नेपाली बालिका बलात्कृत भएकी छिन् । भारतको नयाँदिल्लीस्थित चिराग देल्हीको घरमा सुतिरहेको अवस्थामा चार वर्षकी बालिकालाई उडिसाका विजय कन्दुल लाले बलात्कार गरेका छन् । 
अर्घाखाँची घर भई परिवारसँग चेराग देल्लीमा परिवारसँग बस्दै आएकी बालिकाकी आमा काममा बाहिर गएको मौकापारी कन्दुललाले बलात्कार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पत्ता लागेको छ । 
बालिकाको अलइन्डिया मेडिकल अस्पताल एम्समा उपचार भइरहेको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनाएका छन् । 
पाण्डेले दिएको जानकारी अनुसार बालिकाको अवस्था गम्भीर रहेको र उनको आइसीयूमा राखेर उपचार गरिरहिएको छ । अभियुक्त कन्दुललालाई प्रहरीले पक्राऊ गरी कारबाही अगाडि बढाएको छ 

news and entertainment