समूह विजेता बन्दै थ्रीस्टार प्रेसिडेन्ट कप फुटवलका लागि छनोट
२८ वैशाख, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लब समूह ए को विजेतमा बन्दै एएफसी प्रेसिडेन्ट कप फुटवलका लागि छनोट भएको छ ।
मंगोलियाको इर्चिम एफसीले बंगलादेशको अबहनी लिमिटेडलाई १-० ले पराजित गरेपछि अन्तिम खेल अघि नै अघिल्लो चरण प्रवेश गरेको थ्रीस्टारले चाइनिज ताइपेइको ताइवान पावर कम्पनीसँग २-२ को बराबरी खेल्यो र ५ अंकका साथ समूह विजेता बन्यो । बराबरीसँगै सन् २०११ को विजेता ताइवान पावर कम्पनी छनोट चरणबाटै बाहिरिएको छ भने ४ अंक जोडेको इर्चिम उपविजेताका रुपमा अघिल्लो चरणमा प्रवेश गरेको छ ।
पछिल्लो ४ संस्करणपछि नेपाली क्लब पहिलो पटक प्रेसिडेन्ट कपको अन्तिम चरणमा पुगेको हो । पुलिसले ५ पटक तथा मनाङ र एनआरटीले एक-एक पटक प्रेसिडेन्ट कप खेलेको छ । पछिल्ला ४ संस्करणमा नेपाली क्लब अघिल्लो चरण पुग्न सकेको थिएन ।
