पाकिस्तानमा पूर्व प्रधानमन्त्रीको छोरा अपहरित


२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीको छोरा अपहरणमा परेका छन् ।

गिलानीको छोरा अली हैदर गिलानी पन्जाबमा प्रान्तीय एसेम्बलीको चुनाव लड्दै थिए । उनी पीएस २०० सिटमा पिपल्स पार्टीको उम्मेदवार हुन् ।

चुनावी कार्यक्रममा आक्रमण गरेर आफ्नो छोरालाई अपहरण गरेको पूर्व प्रधानमन्त्री गिलानीले पुष्टी गरेको बीबीसीले जनाएको छ । उनले आक्रमणको आरोप एपीएमएल उनमाथि लगाएका छन् । आक्रमणमा अली हैदरका सचिव मारिएका छन् भने ५ जना घाइते भएका छन् ।

पाकिस्तानमा शनिबार आम चुनाव र प्रान्तीय एसेम्बलीको चुनाव हुँदैछ र आज प्रचार प्रसारको अन्तिम दिन हो ।

news and entertainment