शौचालयबिना विद्यालय जान नपाइने
गाविसमा सरसफाई अभियान प्रभावकारी बनाउन प्रत्येक विद्यालयमा सरसफाई परिचय पत्र विना विद्यालय भर्ना रोक लगाएको बताएको छ । विद्यार्थी भर्ना अभियानको समय सम्पन्न भइसक्दा पनि पाण्डुसैनका अधिकांश गाँउबाट सरसफाई परिचय पत्र नपाएका विद्यार्थीहरु भर्ना हुनबाट वञ्चित भएका छन् ।
गाविसले शौचालय निर्माण गरी नियमित प्रयोग गर्ने परिवारलाई सरसफाई परिचय पत्र दिने गरेको छ । शौचालय निर्माण नगर्दा परिचय पत्र नपाएका बालबालिकालाई विद्यालय भर्नामा समस्या भएको सत्यवादी माविमा अध्ययनरत छात्रा निर्मला थापाले बताएकी छन् । थापाले भनिन् गाविसका सबै मावि, निमावि र प्रावि तहमा भर्ना गर्दा घरमा सौचायन र सरसफाई परिचय पत्र अनिवार्य बनाएको हुनु पर्ने विद्यालयले अनिवार्य गरेको छ ।
शौचालय निर्माण गर्न नमानेका स्थानीयले पनि विद्यालय भर्नामा सरसफाई परिचय पत्र अनिवार्य गरेपछि शौचालय निर्माण गर्नेको लहर नै चलेको पाण्डुसैन गाविसले जनाएको छ । सरसफाई परिचय पत्र अनिवार्य गर्दा भर्ना अभियान प्रभावित हुदैन भन्ने प्रश्नमा भने पाण्डुसैन गाविसले भर्ना रोक्न नभई शौचालय निर्माणमा दबाब दिन मात्र भएको बताएको छ । विद्यालयहरुले पनि विद्यार्थी भर्ना आन्तरिक रुपमा भने नरोकेको बताएका छन् ।
उसोत सत्यवादी मावि पाण्डुसैनका प्रअ प्रशुराम पाण्डेले पनि सरसफाई अभियानमा सहयोग गर्न गाविसले चिठि दिएपनि सम्पूर्ण विद्यालयको सहकार्यमा यस्तो निर्णय गरिएको बताउनु भएको छ । पाण्डुसैनमा हालसम्म २ वटा वडा मात्र खुला दिसा मुक्त घोषणा भएका छन् भने अन्य वडामा शौचालय निर्माण प्रक्रिया सञ्चालन भइरहेको छ ।
पटक पटक सौचालय निमार्णका लागि पहल गर्दा पनि स्थानीयले व्यवास्था गरे पछि गाविसले यस्तो अभियान चालेको हो । यता जिल्ला शिक्षा कार्यालय पनि सरसफाई अभियान सफल पार्ने नाममा बालबालिकाको विद्यालय भर्ना रोक्नु राम्रो कार्य नभएको बताएको छ ।
पटक पटक सौचालय निमार्णका लागि पहल गर्दा पनि स्थानीयले व्यवास्था गरे पछि गाविसले यस्तो अभियान चालेको हो । यता जिल्ला शिक्षा कार्यालय पनि सरसफाई अभियान सफल पार्ने नाममा बालबालिकाको विद्यालय भर्ना रोक्नु राम्रो कार्य नभएको बताएको छ ।
