कटि्रनाको बैनीलाई सिनेमामा भित्राउँदै सलमान

नायक सलमान खान बलिउडमा नायिका भित्राउने कुरामा धेरै अघि छन् । बलिउडमा नायिकासँगको सम्बन्धका कारण पनि उनी सधै चर्चामा रहने गरेका छन् । अहिलेकी चल्तिकी नायिका कटि्रना कैफसँग उनले प्रेम सम्बन्ध मात्र राखेनन् बलिउडमा एउटा स्थान पनि दिलाए । अब उनै सलमान कटि्रनाको बैनीलाई सिनेमामा ल्याउने तयारीमा लागेका छन् ।कटि्रनासँग मनमुटाव सुरु भएपछि सलमान उनीसँग केही चिडिएका छन् । उनले बैनीलाई नै सिनेमामा भित्राएर कटि्रनासँग बदला लिन लागेको बताइएको छ । सलमानले कटि्रनाकी बैनी इसाबेलालाई क्यानेडियन फिल्ममा ल्याउने तयारीमा जुटेका छन् ।
भारतिय संचारमाध्यहरुका अनुसार क्यानडाको एक कम्पनी फिल्म बनाउने तयारीमा लागेको छ । जसमा इसाबेलालाई मुख्य भूमिका दिइएको छ । सलमान खानको बीइङ हृयूमन प्रोडक्शनले यो सिनेमाको निर्माण गर्दैछ । यो सिनेमालाई प्रदर्शनको जिम्मा इरोस इन्टरनेशनलले लिएको छ ।

,

news and entertainment