न्यूयोर्कमा चम्किदै नेपाली सुपरमोडल

नेपाली युवती बर्षा थापा यतिखेर अन्तराष्ट्रिय फेसन दुनियाँमा परिचित नाम हो । सन् २०१२ देखि न्यूयोर्कमा ब्याबसायीक मोडलिङ थालेकी बर्षाले बिद्यार्थी जीवन भारतमा बिताइन् । होटल म्यानेजमेन्टमा ग्राजुएट गरेपछि न्यूयोर्क पुगेकी बर्षा हाल त्यहाँको हिल्मेनिया मोडलिङ एजेन्सीसँग आबद्ध छिन् ।
२२ बषिर्या यी नेपाली सुन्दरीले न्यूयोर्क फेसनवीक, पेरिस फेसनवीक लगायतका अन्तराष्ट्रियस्तरका प्रतियोगितामा प्रवल गुरुङ, फिलिप लिम, लगायतका फेसन डिजाइनरका पहिरनमा क्याटवाक गरिसकेकी छिन् । बिश्व फेसन दुनियाँका बडेबडे नामहरुसँग काम गरिसकेकी बषाले हालै वेमेन्स वेयर डेल्लीसँग कुरा गर्दै भनिन-
-'मबाट मुलुकले केही आशा गरिरहेको छ, त्यसैले म जहिले पनि केही गरेर देखाउने दबाबमा हुन्छु ।'

,

news and entertainment