डेटिङका लागि १० लाखको अफर, तर, कस्ता–कस्ता सर्त ?
चीनमा युवाहरुले पैसा तिरेर प्रेमिका खोज्ने नौलो होइन, खासगरी नयाँ वर्षको अबसरमा ।
यतिबेला चीनमा नयाँ बर्ष चलिरहेको छ । अविभावक नभएका तरुनी–तन्नेरीहरुका लागि पैसा अफर गरेर प्रेमिका खोज्नु अहिले सामान्य जस्तै बनेको छ ।
chines boy offerतर, हालै एक चिनियाँ धनाढ्य युवकले डेटका अनौठो बिज्ञापन गरेका छन् । झण्डै १० लाख चिनियाँ युयान अफर गरेका उनले युवतीको रुप, रुङ, आकार, हाइट, पढाई आदि बिषयमा अनेक सर्त राखेका छन् ।
उनले यस्ता सर्तसहितको बिज्ञापन त्यहाँको चर्चित सामाजिक संजाल वीबोमा प्रकाशन गरेका छन् ।
बिज्ञापनमा उनले आफ्ना अगाडी पैसाबो बिटा राखेर तस्वीर पनि छपाएका छन् ।
काममा ब्यस्त भएकाले डेटिङ पार्टनर खोज्न नभ्याएको भन्दै उनले आफ्नो प्रस्तावलाई गम्भिररुपमा लिन आग्रह गरेका छन् ।
उनले आफ्नो पहिचान नखुलाए पनि यो अफर बास्तविक रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।