यी केटीको पछि हात धोएरै लागे सलमान
बलिउडमा आजकल एउटा चर्चा छ-आखिर त्यही केटीको पछि किन लागे सलमान ?<
ती केटी हुन् 'जय हो' की नायीका डेजी शाह । सलमान खानको चलचित्र 'जय हो' उनकै प्रशंसकहरुले पनि मन पराउन सकेनन्।
धेरै सलमानका प्रशंसकले नयाँ नायीका डेजी शाहलाई मन पराएनन् ।
चलचित्र समिक्षकले पनि डेजी शाहालाई चलचित्र नचल्नुको एउटा कारण मानेका छन्।
आखिर सलमानले के देखे डेजीमा र उनलाई सिधै 'जय हो'
ल्याएर आफ्नो भने पराजय गराए, धेरैको मनमा यही प्रश्न छ।
लाग्दछ मिडिया र सामजिक सञ्जालमा आएका यिनै कुराले इगोले भरिएका सलमानलाई बिझ्यो।
उनले डेजीलाई स्टार बनाएरै छाड्नै कसम खाएको भारतीय मिडियाहरुले लेखेका छन्।
बताइए अनुसार सलमानले ठुला निर्माता निर्देशकलाई समेत डेजी शाहलाई चलचित्रमा लिने सिफारिस गर्न थालेका छन्।
चलचित्र निर्देशक तथा निर्माता सुरज बरजातियाको चलचित्र 'बडै भैइया'मा सलमानले डेजीलाई लिन आग्रह गरेका छन्। यसअघि सो चलचित्रमा सलमान खानसंगै दीपिका पादुकोनेलाई प्रस्ततु गर्ने चर्चा थियो। तर दीपिकाले उक्त चलचित्रका लागि समय निकाल्न नसकेको बताएको छ।