येस्ता छन् यो पल्टका मिस टिन सुन्दरीहरु फोटो सहित
काठमाडौं,माघ १८¬ मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा केन्दि«त “टिभिएस उइगो मिस टिन कलेज” को कमलपोखरी स्थित मार्कोपोलो विजनेश होटल कमलपोखरीमा पहिलो छनौट चरण सम्पन्न भएको छ । टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो ।

विगत पाचँ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो पहिलो चरणको संस्करणको लागि उपत्यकामा रहेका ५० मन्दा वढि विभिन्न कलेजहरुवाट १०० भन्दा बढी छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए ।
पहिलो चरणको छनोटमा व्रिटीस कलेजका प्रोगाम डाइरेक्टर टेकनाथ पौड्याल , मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने, नायिका मिरा के सी , सिजन मिडियाका मार्केटीङ्ग म्यानेजर भुवन राउत , मोडल नमिता मण्डारी तथा कोरीयोग्राफर रोजीन शाक्य अडिसन को निर्णायक मण्डल थिए ।
