अन्धविश्वास प्रवर्द्धन गरेको भन्दै अमिताभमाथि मुद्दा दायर
बलिउडका महानायक अमिताभ बच्चन र अन्य केहि व्यक्ति माथि अन्धविश्वास प्रवर्द्धन गर्न महत्वपुर्ण भूमिका खेलेको भन्दै हेमंत पाटिल नामका एक व्यक्तिले मुम्बईको मजिस्ट्रेट कोर्टमा मुद्दा दायर गरेका छन् |
हेमन्त पाटिलले महाराष्ट्र मानव बलि,अन्य अमानवीय काम,अघोर आचरण र काला जादु कानुन २०१३ अनुसार मुम्बई प्रहरीमा मुद्दा दायर गरेका हुन् |पाटिलले,हालै सार्वजनिक भएको हेल्थ ड्रिंकको बिज्ञापनमा अमिताभले भूत बनेर अभिनय गरि अन्धविश्वास प्रवर्द्धन गरेको आरोप लगाएका छन् | भूतसंग सम्बन्धित अमिताभको पछिल्लो कमेडीचलचित्र ‘भुतनाथ रिटार्न्स’ आउदो अप्रिल ११ देखि बिश्वब्यापी रुपमा प्रदर्सन हुदै छ |
पाटिलका वकील वाजिद पठानका अनुसार आउदो १८ अप्रिलका दिन न्यायाधीश सीता कुलकर्णीले यो मुद्दामा सुनुवाई गर्ने जनाईएको छ |
