प्रचण्ड पुत्र प्रकाश सरकारी सम्पर्क अधिकृत
१७ चैत,काठमाडौं।
सरकारले सगरमाथा आधार शिविरमा खडा गर्ने सम्पर्क कार्यलयमा आरोहीका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई पनि सम्पर्क अधिकृतका रुपमा खटाउने भएको छ।
सरकारले सगरमाथा आधार शिविरमा खडा गर्ने सम्पर्क कार्यलयमा आरोहीका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई पनि सम्पर्क अधिकृतका रुपमा खटाउने भएको छ।
प्रकाशले २०६८ मा लुम्बिनी सगरमाथा शान्ति अभियान-२०१२ को टोलीमा सदस्य रही सगरमाथा आरोहण गरेको आधारमा उनलाई सम्पर्क अधिकृत तोकिने भएको अधिकारीहरुले बताएको कान्तिपुर दैनिकले लेखेको छ।
'आरोहीहरुमा कसलाई खटाउने भनेर लक्की ड्र गर्दा उनको उनको नाम आएको हो', पर्टयन उद्योग महाशाखाका एक अधिकारीले बताए।
पर्वतारोहणका लागि आरोहीहरु अप्रिल मध्य देखि सगरमाथा आधार शिवरतिर लाग्छन । मेको अन्तिम सम्म आरोहण सकेर फर्कन्छन्।
प्रकाशसंगै कार्यालय समयमा सम्पर्क अधिकृतका रुपमा सुरक्षा र निजामतका गरी प्रत्येक टोलीलाई एक-एक जना खटाउने महाशाखाले बताएको छ।
सरकारले यसपाली मुख्य पर्वतारोहण मौसमदेखि सगरमाथाको आधार शिविरको अन्तिम विन्दुमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ।
सरकारका तर्फबाट सम्पर्क अधिकृतका रुपमा जानेलाई पुर्व तालिम तथा सान हिमाल चढाइन्छ ।