प्रचण्डलाई डरलाग्दो साँढे सातको दशा !

कम्युनिष्टहरु त्यसमा पनि माओवादीहरु धर्मकर्म र भाग्यमा विश्वास गर्दैनन। अझ ग्रह दशातरि उनीहरुको विश्वास हुँदै हुँदैन्। तर संयोग नै मान्नु पर्छ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालका लागि यो वर्ष अर्थात २०७० निकै पिडादायी र अफाप सावित भएको चर्चा माओवादी वृतमा चलिरहेको छ।

अध्यक्ष प्रचण्डको ग्रह दशा बिग्रिएको सन्दर्भमा पनि कुरा भइरेहका छन्।
अहिले पुत्री वियोगको पिडामा रहेका अध्यक्ष प्रचण्डको ग्रह दशा बिग्रिएको भन्दै कतिपय आध्यात्मिक गुरुहरुले स्वस्ती शान्तिका लागि प्रस्ताव समेत पठाएका छन्।
धर्मकर्ममा विश्वास नगरे पनि आस्था राख्ने प्रचण्डले केहि वर्षअघि भैंसी पुजा गरेको चर्चा अहिले पनि चल्ने गर्दछ।

यसै वर्ष जेठी छोरीको असामयीक निधन हुनु, यसै वर्ष संविधानसभाको निर्वाचनमा एमाओवादी पार्टीको लज्जास्पद पराजय हुनु , सत्ता शक्तिबाट यसै वर्ष तल झर्नु प्रचण्डका लागि जीवनका पिडा दायी क्षण हुन्।

विस २०७० साल प्रचण्डका लागि यस अर्थमा अनिष्टको भयो कि, यसै वर्ष आफैबाट फुटेको पार्टी नेकपा-माओवादीले जताततै चुनाव हराउन भुमिका मात्र खेलेन, कञ्चनपुरमा झण्डै प्रचण्डनै एम्बसुमा परे।
Prachanda sad
उनले आफ्नो हत्याको प्रयास भएको त्यतिबेलै बताएका थिए। यसवर्षको चुनावमा पार्टीमात्रै हारेन उनी आफै काठमाडौंको १० नम्वर क्षेत्रबाट हार्दा विश्वव्यापी खबर बन्यो भने छोरी रेणु दाहाल र बुहारी बिना दाहालका साथै भाइ नारायण दाहाल पनि चुनावमा पराजित भए।


यसै वर्ष पत्नी सिता पनि निकै गम्भिर विरामी भएर उपचारका लागि सिंगापुर लगियो। यसैवर्ष छोरा प्रकाशले तेस्रो बिहे गरेको सन्दर्भमा कारवाही फुकुवा भए पनि पार्टीमा तिब्र आलोचना पछि उनले छोरालाई निजि सचिवालयबाट निकाल्न पर्यो।

अहिले प्रकाशले आफूले गाई पालन गरिरहेको बताएका छन्। कान्छी छोरीको पनि पहिलो घरबार बिग्रिएर दोस्रो बिहे भयो भने नातिनीले आफै भागेर बिहे गर्न लागेपछि झटपट मग्नी गरेर बिहे दान गरिदिनु पर्यो । चुनावमा अप्रत्याशित पराजयपछि उनी पार्टी भित्र पनि तीब्र संकटमा परे।

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुबैले उनलाई थप कमजोर बनाउन खोजेको आरोप पनि लाग्यो।
पछिल्लो समयमा बाबुरामको नयाँ शक्तिको चर्चा र प्रचण्डबाट अब पार्टी नचल्ने ठहर पछि उनी विचलति भएका बेला पुत्री शोकमा परेका छन्।
साँघु साप्ताहिकबाट

,

news and entertainment