देख्दै पेन्टीङ जस्ता लाग्ने अनौठा स्थानहरु (फोटो फिचर)

एजेन्सी ।
दुनियाँमा यस्ता कैयौं स्थान छन् जो वास्तविक भएपनि कुनै कल्पना वा चलचित्रका दृष्य जस्ता लाग्छन् । त्यस्तै केही स्थानका दृष्य हामीले यहाँ संकलन गरेका छौं ।
ओगाशिमाजापानः
amaizing place to visit 13

यो जापानको ज्वालामुखी टापुकोरुपमा परिचित छ । ज्वालामुखी टापुको मुनी पनि सानो ज्वालामुखी छ । यो दृष्य पेन्टीङको जस्तो लागेपनि बास्तविक हो । वर्षेनी हजारौं मानिस यसको अवलोकन गर्न जान्छन् ।

झाँगे डेक्सिया ल्याण्डफर्मगान्सूचीनः
amaizing place to visit

चीनको यो स्थल पनि विश्वमै परिचित छ । यहाँका चट्टान अर्वौं वर्ष पुराना मानिन्छन् । यो रातो बालुवा र खनिजको भण्डार पनि हो

युआनयोङ काउन्टीचीनः
amaizing place to visit 1
यो धान खेत हो । एलासो हिमाल क्षेत्रबाट देखिने यो धानखेत यहाँको प्रविधीका कारण यस्तो देखिएको हो ।
वाटरफलमोरिशियस आइसल्याण्डः
amaizing place to visit 2
समुद्री लहर र त्यसको साथमा आउने रेतका कारण यो आकृति बनेको हो । यहाँ समुन्द्र भित्र नै झरना भएको जस्तो लाग्छ ।
अण्डरवाटर रिभरमेक्सिकोः
amaizing place to visit 3
यो नदीमा हाइड्रोजन सल्फेट ब्याप्त छ । यसकै कारण यहाँको पानी यस्तो देखिएको हो ।
टरक्वाइज आइसबैकाल तालरूसः
amaizing place to visit 4
बैकाल ताल दुनियाँका सबै भन्दा पुरानो र मिठो पानी भएको ताल मानिन्छ । यो तालमा पानी यति सफा हुन्छ कि १३० फिटको बरफबाट पनि तल पानी देख्न सकिन्छ ।
टनेल अफ लभक्लेवनयूक्रेनः
amaizing place to visit 5
यो अचम्म लाग्दो घना जंगलको रुखबीचको सुरुङबाट रेल ओहोर दोहोर गर्ने गर्थ्यो । त्यसकै कारण यस्तो आकारमा जंगल बनेको हो । अहिले रेल नचले पनि पर्यटकीय स्थल बनेको छ ।
तियाञ्जी हिमालः 
amaizing place to visit 6
यो क्षेत्र हलिउड चलचित्र अवतारमा पनि देखाइएको क्षेत्र हो ।

सेन्टीलेन्स अफ दि आर्कटिकफिनल्याण्डः
amaizing place to visit 7

यहाँ बरफभित्र रुख लुकेका छन् । यहाँको तापक्रम माइनस ४० देखि १५ सम्म रहने गर्छ । रुखमा हिउँ जम्दा अचम्मको दृष्य देखिन्छ ।
प्लिटभाइस तालक्रोशियाः
amaizing place to visit 8
प्लिटवाइस क्रोशियाको सबै भन्दा ठूलो राष्ट्रिय निकुन्ज हो । यो दक्षिणी युरोपमा सबै भन्दा पुरानो पनि मानिन्छ ।
पामुक्काले हट स्प्रिङटर्कीः
amaizing place to visit 9

यस्तो लाग्छ यहाँ बरफ नै बरफ छ । तर साँचो होइन ।  खासमा यहाँ जमीनमा
सेता मार्वल ओच्छ्याइएको छ ।
नेट्रोन तालतान्जानियाः
amaizing place to visit 11
यो तालमा अत्याधिक नुनको मात्रा छ । नुनमा बस्न रुचाउने जीवका लागि यो सबै भन्दा राम्रो ठाउँ हो । यसै कारण यहाँको पानी पनि रातो छ ।
फ्लाइ गीजरअमेरिकाः
amaizing place to visit 12
यो भने अनौठ तरिकाले स्थापित स्थल हो । खासमा यहाँ ठूलो खाडल खनिएको थियो र त्यसै छोडेका कारण यस्तो बनेको हो । 

, ,

news and entertainment